+
+

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १४:०३
ट्रक पार्किङ गरेको स्थान ।

२९ असोज, विराटनगर । विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

युवतीले दिएको उजुरीका आधारमा प्रहरीले आइतबार विहान धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालक पक्राउ परेका छन् ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्षका बालक पनि सहचालक नै हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–३ मा आइतबार विहान ट्रक पार्किङ गरेर राखेको स्थानमा महिलाको सामूहिक बलात्कार भएको हो ।

महिलाले प्रतिकार गरेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेपछि लगत्तै प्रहरी पुगेको थियो । प्रहरीले घटनास्थलबाट महिलाको उद्धार गर्दै तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्नहरु शनिबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । खाना खाएपछि ट्रक राखेको ठाउँमा फर्कने क्रममा आरोपितहरु युवती चढेको सफारीमा नै चढेका थिए ।

घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोडको प्रयास गरेका थिए । पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न सोमबार अदालतबाट अनुमति लिइने प्रहरीको भनाइ छ ।

लेटाङमा अर्काे घटना

प्रहरीले लेटाङबाट बालिका करणी गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ ।

१६ वर्षीया बालिका बलात्कारको आरोपमा लेटाङ नगरपालिका–१ का ३० वर्षीय कृष्णबहादुर मगरलाई आइतबार पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट मगरले पटकपटक बालिकालाई बलात्कार गरेको खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बालिकाको ६ महिनाको गर्भ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?