+

ओलिभ आयल वास्तवमै स्वास्थ्यवर्द्धक हो त ?

२०८० कात्तिक  १५ गते १६:५३ २०८० कात्तिक १५ गते १६:५३
ओलिभ आयल वास्तवमै स्वास्थ्यवर्द्धक हो त ?

काठमाडौं । बजारमा उपलब्ध तेलमध्ये धेरैले जैतुनको तेल अर्थात् ओलिभ आयललाई सबैभन्दा राम्रो भनेको सुनिन्छ । धेरैजसो भूमध्यसागरीय देशमा उत्पादन हुने यो तेल नेपालमा उत्पादन हुँदैन ।

युरोप, उत्तर अमेरिकाका देशका उपभोक्तामाझ ओलिभ आयल स्वस्थ तेलको रुपमा स्थापित छ । नेपालमा पनि यसलाई रुचाउने धेरै छन् । के साँच्चै नै नेपालमा पाइने तोरीको वा अन्य तेलभन्दा ओलिभ आयल गुण फरक हुन्छ ?

पोषणविद् उमा कोइराला भन्छिन्, ‘नेपालमा पाइने तोरीको तेल र ओलिभ तेलमा पाइने सूक्ष्म पोषक तत्व एउटै पाइन्छ । जैतुनको तेलमा पाइने ओमेगा थ्री र सिक्स फ्याटी एसिड, एन्टी अक्सिडेन्ट, भिटामिन ई र डी तोरीको तेलमा पनि हुन्छ ।’

कोइरालाका अनुसार जैतुनको तेल नेपालमा पाइने तोरीको तेल जस्तै हो । ‘मान्छेलाई आफूसँग जे छैन त्यही राम्रो लाग्छ । जैतुनको तेल पनि यस्तै हो,’ उनी भन्छिन्, ‘नेपालमा आफ्नो देशमा नपाइने र महंगो चीज जुन पनि राम्रो मान्ने प्रवृत्ति छ ।’

बजारमा पाइने भर्जिन ओलिभ आयल, एक्स्टा भर्जिन ओलिभ आयल सबै तेल शुद्ध नहुने उनी बताउँछिन् । ‘४०–५० किलो जैतुनबाट जम्मा तीन लिटर मात्र तेल निस्कन्छ । यसैगरी यो विशेष सिजनमा मात्र फल्ने फल हो बाह्रै मास फल्दैन,’ उनी भन्छिन्, ‘त्यसैले प्याकेजिङमा भर्जिन वा पियर लेख्दैमा शुद्ध हुँदैन ।’

तर वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहाल भने बजारमा पाइने ओलिभ आयल मापदण्ड अनुसार शुद्ध भएको दाबी गर्छन् । ओलिभ आयल धेरैजसो बाहिरबाटै प्याकिङ गरेर आउने भएकाले गुणस्तर राम्रो नै हुने उनको भनाइ छ ।

जैतुनको तेल उत्पादन हुने देशमा तोरीको तेल जस्तै जुनसुकै खानेकुरा प्रयोग गरिन्छ । यसलाई दुखेको बेला मालिसको रुपमा लगाउने, कस्मेटिक सामानमा प्रयोग गर्ने पनि गरिन्छ । कस्मेटिक सामानमा प्रयोग गर्ने भएर पनि मान्छेले यसलाई राम्रो मान्ने पोषणविद् कोइराला बताउँछिन् ।

‘जैतुनको तेल उत्पादन हुने देशमा कस्मेटिक सामानको उत्पादन हुन्छ । त्यही भएर जैतुनको तेल प्रयोग हुने हो । नेपालमा पनि तोरीको तेल धेरै आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ । किनकि हाम्रो देशमा आयुर्वेदिक औषधिको उत्पादन हुन्छ,’ उनी भन्छिन् ।

त्यसैले जैतुनको तेल नै सबैथोक हो, स्वस्थ रहनको लागि यो नभई नहुने भन्ने होइन । जैतुनको तेल प्याकेजिङ गरेको करिब १५ महिनाभित्र प्रयोग गरिसक्नुपर्छ । लामो समयसम्म भण्डारण गरेर राख्दा यसको गुण नष्ट हुने सम्भावना हुन्छ ।

यसबाट तोरीको तेलले जस्तै जैतुनले पनि क्यान्सरको खतरा घटाउन, जोर्नी दुख्ने बाथ रोगको समस्या कम गर्न, खराब कोलेस्टेरोल घटाएर राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । मुटुरोगको समस्या, मस्तिष्क, आन्द्रा, कलेजो, मिर्गौलासम्बन्धी समस्या न्यूनीकरणका लागि पनि मद्दत गर्ने पोषणविद् कोइराला बताउँछिन् ।

ओलिभ आयल मेसिनको सहायताले बनाइन्छ । ओलिभ आयलका तीन फुड ग्रेड हुन्छन्, साधारण, फाइन र एक्स्ट्रा ओलिभ आयल हुन् । जुन शुद्ध जैतुनको तेलमा दुई रासायनिक मिसाएर बनाइन्छ । जसमा ट्राइग्लिसराइड्स (९७ देखि ९९ प्रतिशत) र माइनर घटकहरू (एकदेखि तीन प्रतिशत) गरिन्छ ।

ओलिभ आयल तेल स्वास्थ्य
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन, थिए क्यान्सरबाट पीडित

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

किन चिनी छाड्न सल्लाह दिइन्छ ? यस्तो छ खास कारण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एनआईपीटी : जन्मअघि नै क्रोमोजोम असामान्यता पत्ता लगाउने भरपर्दो परीक्षण

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

एक यस्तो बिर्सने समस्या, जसले घरबाट निस्केपछि फर्कने बाटो नै थाहा पाउँदैन

चिकित्सा सेवा सुधारमा सकस

चिकित्सा सेवा सुधारमा सकस

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन

नयाँ सरकारको प्राथमिकतामा सरुवा रोग ‘टच’ नै भएन