+
+

फ्रेन्च गोलकिपर बाल्टुज ललितपुर सिटीमा अनुबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ७:०३

१९ कात्तिक, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीले फ्रेच्न गोलकिपर रेफ्री बाल्टुसलाई अनुबन्ध गरेको छ ।

ललितपुरलले शनिवार फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनको लिग फुटबल खेलिसकेका गोलकपर बाल्टुसलाई अनुबन्ध गरेको जनाएको छ ।

ललितपुरले बाल्टुसलाई अनुबन्ध गरेको खबर सार्वजनिक गर्दै एकदमै उत्साहित रहेको जनाएको छ । ‘एथ्लेटिक र व्यावसायिक अनुभवी खेलाडी जेफ्रे बाल्टुसको सेवा प्राप्त गर्न पाउँदा ललितपुर सिटी धेरै खुशी छ,’ क्लबले विज्ञप्तिमा भनेको छ ।

लिग वान क्लब अजुरेको एकेडेमीकोबाट आएका बाल्टुसले फ्रान्सको यू-१७ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनमा गरी १०० भन्दा बढी खेले खेलेका छन् ।

यस्तै बाल्टुसले पनि सामाजिक सञ्जालमार्फत ललितपुर सिटीबाट खेल्न उत्साहित रहेको बताएका छन् ।

पछिल्लो समय फ्रान्सको तेस्रो श्रेणीको क्लब एफसी राउनका लागि खेलेका ३१ वर्षीय बाल्टुस हाल फ्रि एजेन्टको रुपमा थिए ।

राष्ट्रिय टोलीका डिफेण्डर अनन्त तामाङ मार्की खेलाडी रहेको ललितपुरले यसअघि दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । जसमा नाइजेरियन डिफेण्डर ओमालाजा नुरेन करिम र फ्रेन्च फरवार्ड पापा इबो केबे छन् ।

ओमालाजाले नेपाली फुटबलमा परिचित नाम छ । पहिलो सिजनको एनएसएल बुटवल लुम्बिनी एफसीबाट खेलेका उनले मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए ।

यस्तै फरवार्ड केबेले स्लोभेनियन फुटबलको दोस्रो डिभिजनमा खेलिसकेका छन् । उनले भियतनामको शीर्ष डिभिजनको फुटबल समेत खेलेका छन् ।

ललितपुरले नयाँ सिजनका लागि अस्ट्रेलियाका इयान एन्ड्रयु गिलानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ ।

एनएसको दोस्रो सिजन आगामी मंसिर ८ देखि सुरु हुनेछ । यस सिजन तीन नयाँ टोली थपिएपछि कुल ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो संस्करण खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणमा नाम फिर्ता लिंदा झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड नयाँ थपिएका टोली हुन् ।

साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसीसहित ललितपुर सिटी, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी एफसीले भने यथावत छन् ।

ललितपुरको टोली

अनन्त तामाङ (मार्की), सनिश श्रेष्ठ, दिनेश हेन्जन, सेसेहाङ आङदाङबे, विवेक पौडेल, आदित्य शाक्य, अनिल महर्जन, नीरज चौधरी, रोशन पाहारी, विशाल सुनार, प्रवेश कुँवर, अनिल राई, करण रावत, सञ्जीत राई, विजय श्रेष्ठ, ओमोलाजा करिम नुरेन, पापा इबो केबे, जेफ्री बाल्टुस

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?