+
+

गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १९:५३

२० कात्तिक, गुल्मी । गुल्मीमा बालिका बलात्कारपछि हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको शव भेटिएको थियो ।

उनको बलात्कारपछि हत्या आरोपमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षका रहिस खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका (एसपी) नवीन किशोर प्रधानले बताए । खाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइसकेको छ ।

१६ कात्तिकमा बागलुङको बरेङ गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका– ४ कि मनिषा खेतालालाई सुर्ती लिन घरबाट बाहिर गएकी थिइन् । उनी घरमा नफर्किएपछि खोजी गर्ने क्रममा १७ कात्तिकमा हुग्दी खोलामा मृत अवस्थामा फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?