+

रजोनिवृत्तिबारे केही भ्रम र सत्य

२०८० मंसिर  ३ गते १३:५९ २०८० मंसिर ३ गते १३:५९
रजोनिवृत्तिबारे केही भ्रम र सत्य

सरदर आयु बढेसँगै महिनावारी रोकिएका (रजोनिवृत्ति) महिलाको संख्या पनि विश्वभर बढिरहेको छ । सन् २०२१ मा ५० वर्ष वा त्यसमाथिका महिलाको जनसंख्या विश्वभरका कुल महिला र बालिकाको २६ प्रतिशत थियो । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार १० वर्षअघि यो संख्या २२ प्रतिशत थियो ।

रजोनिवृत्ति कुनै पनि महिलाको जीवनको एक सामान्य चरण हो, तर यसबारेमा केही भ्रम पनि समाजमा व्याप्त छन् ।

रजोनिवृत्ति ५० वर्षपछि मात्रै हुन्छ

महिनावारी बन्द हुने औसत उमेर ५१ वर्ष हो, तर यो ४५ देखि ५५ वर्षको बीचमा जुनसुकै बेला हुन सक्छ । यो विभिन्न क्षेत्र र समुदायमा निर्भर हुन्छ ।

रजोनिवृत्तिको प्रभाव सबै महिलालाई एकै प्रकारको हुन्छ

महिलाहरूमा हार्मोन परिवर्तन सामाजिक–सांस्कृतिक, जैविक र जीवनशैली जस्ता धेरै कारणले निर्भर गर्छ   । यी परिवर्तनहरू महिलामा उनको जीवनशैलीमा निर्भर हुन्छ ।

तौल बढ्छ

रजोनिवृत्तिको प्रभावलाई बाहेक पनि बढ्दो उमेरसँगै शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । त्यसैले तौल नियन्त्रण बाहिर नजाओस् भनेर डाक्टरहरूले नियमित व्यायाम र सन्तुलित आहार खान सल्लाह दिन्छन् ।

यौन इच्छा कम हुन्छ

योनी सुख्खा हुने, यौन इच्छाको कमी र तनावले यौन सम्बन्धलाई असर गर्न सक्छ । तर डाक्टरको सहयोग र आफ्नो पार्टनरको सहयोगले महिलाहरूले आफ्नो यौन जीवन सामान्य रूपमा बाँच्न सक्छन् ।

डिप्रेसन, चिन्ता र मुड स्वीङ

रजोनिवृत्तिले तनाव (डिप्रेसन) निम्त्याउँदैन । तर रजोनिवृत्ति हुने उमेरका महिलामा निद्राको कमी र मुड स्वीङ सामान्य हो । जसले गर्दा उनीहरूलाई कहिलेकाहीं चिडचिडापन महसुस हुन सक्छ ।

र्मोन थेरापीले स्वास्थ्यमा जोखिम निम्त्याउँछ

रजनोवृत्तिपछि हार्मोन थेरापीको प्रयोगले महिलालाई स्तन क्यान्सरको जोखिम बढाउँछ, तर यसले हृदय रोगको जोखिम पनि कम गर्छ । धेरै अध्ययन अनुसार हार्मोन थेरापीको फाइदा ६० वर्षभन्दा कम उमेरका महिलामा बढी हुन्छ ।

के हो रजोनिवृत्ति ?

महिनावारी भइरहेका महिलाको उमेर बढ्दै जाँदा उनीहरूको यौन हार्मोनमा परिवर्तन भएर रजोनिवृत्ति हुन्छ । अण्डाशयले हरेक महिना अण्डा उत्पादन गर्न बन्द गर्छ र एस्ट्रोजन हार्मोनको स्तर घट्छ । रजोनिवृत्ति सामान्यतया ४५ देखि ५५ वर्षको बीचमा हुन्छ, तर कतिपय महिलामा यो भन्दा चाँडो पनि हुन सक्छ ।

यदि महिलालाई लगातार १२ महिनासम्म महिनावारी हुँदैन भने त्यसलाई रजोनिवृत्ति भनिन्छ । यसले महिलाको प्रजनन् क्षमता समाप्त भएको संकेत गर्छ ।

रजोनिवृत्ति रातारात भने हुँदैन । यो क्रमिक प्रक्रिया हो । औसतमा एक महिला सात वर्षसम्म यो अवस्थाबाट गुज्रिन्छन् तर कतिपय महिलामा भने १४ वर्षसम्म पनि यो चरणबाट गुज्रिन्छन् ।

रजोनिवृत्तिको तीन चरण

पहिलो प्रि–मेनोपज हो, जसले ३० देखि ४० वर्ष उमेरका महिललाई असर गर्छ । यस अवधिमा महिलाको मासिक महिनावारी हुन्छ, तर एस्ट्रोजेन र प्रोजेस्टेरोनको स्तर धेरै पटक परिवर्तन हुन थाल्छ । प्रि–मनोपोजमा कसैलाई १५ दिनदेखि एक महिनासम्म रगत गएर रक्तअल्पता समेत हुन सक्छ ।

दोस्रो पेरी–मेनोपज हो, जसले महिलामा प्रजनन् क्षमताको अन्त्य गर्छ । यस अवधिमा एस्ट्रोजन स्तर द्रुत रूपमा घट्छ । यस अवस्थामा महिनावारी अनियमित हुन्छ र कहिलेकाहीं महिनावारी नै हुँदैन, छोटो समयका लागि हुन्छ, वा यो लामो समयसम्म रहन्छ । महिलामा हलचल, बेचैनी र निद्रा नपुग्ने जस्ता गुनासो पनि देखिन्छ ।

तेस्रो र अन्तिम चरण रजोनिवृत्तिपछिको हो, जसमा महिलालाई लगातार १२ महिनासम्म महिनावारी हुँदैनन् । यस अवधिमा प्रि–मेनोपजको समयमा महसुस हुने लक्षणहरू पनि कम हुन थाल्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार रजोनिवृत्तिका ४८ भन्दा बढी लक्षण छन् ।

सामान्य लक्षणहरू :

-गर्मी महसुस हुने र निद्राको समयमा भारी पसिना आउने

-महिनावारी चक्रमा परिवर्तन र महिनावारीको क्रमशः समाप्ति

-योनी सुख्खा हुनु, यौन सम्पर्क गर्दा दुख्नु

-सुत्न कठिनाइ वा निद्राको कमी

-मुड स्वीङ, तनाव र चिन्ता

-हड्डी कमजोर हुन जान्छ, जसले फ्र्याक्चरको जोखिम बढाउँछ

केही महिला एकाग्रताको कमी भएको र स्मरण शक्ति कमी भएको गुनासो पनि गर्छन् । साथै, जोर्नी दुख्ने र छाला सुख्खा हुनु पनि लक्षण हुन् ।

यो जान्न महत्त्वपूर्ण छ कि यी लक्षणहरू प्रत्येक महिलामा देखिंदैनन्, तर ७५ प्रतिशत महिलाले यस्ता लक्षणको सामना गर्नुपर्ने हुन्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. प्रधानसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीमा आधारित)

डा. मीना प्रधान महिला स्वास्थ्य रजोनिवृत्ति
लेखक
डा. मीना प्रधान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची