+
+

रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १६:०३

४ मंसिर, बुटवल। रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा कांग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो ।

बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए । दे

वकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए ।

मृतक दुवै जनाको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?