+

किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

२०८० मंसिर  १४ गते १६:१९ २०८० मंसिर १४ गते १६:१९
Shares
किमोथेरापीले महिनावारी रोकिन सक्छ ?

किमोथेरापी गरिसकेपछि शरीरमा विभिन्न साइड-इफेक्ट देखिन सक्छ । जसमध्ये महिनावारी गडबडी हुनु वा रोकिनु पनि एक हो ।

क्यान्सरको उपचारमध्ये प्रचलित उपचार विधि हो किमोथेरापी । क्यान्सरको उपचारमा प्रयोग हुने औषधि नै किमोथेरापी हो । सर्जरी विधिभन्दा अघि पहिले ट्युमरलाई कम गर्न किमोथेरापी गरिन्छ । क्यान्सरका कोषिकाहरु तीव्र रुपमा बढ्दै जाने भएकाले यसलाई नियन्त्रण गर्न किमोथेरापी गरिन्छ । किमोथेरापीमा बढ्दो कोषिकाहरु मार्न शक्तिशाली रसायन वा औषधिको प्रयोग गरिन्छ ।

किमोथेरापीले महिनावारीमा असर गर्छ ?

किमोथेरापीबाट उपचार गरेपछि महिनावारी गडबडी हुने समस्या हुन्छ । कतिपय अवस्थामा रोकिन पनि सक्छ । किमोथेरापीमा क्यान्सरको कोषिका नियन्त्रण तथा नष्ट गर्न प्रयोग गरिने कडा खालको औषधि प्रयोग गरिन्छ । यसले क्यान्सरको कोषिकालाई मात्र नष्ट नगरी शरीरका अन्य कोषिकालाई नष्ट गर्छ ।

किमोथेरापी गर्दा डिम्बाशयमा असर पर्दा महिनावारी गडबडी हुने वा रोकिने हुन्छ । यसले एस्ट्रोजन हार्मोनमा उत्पादनमा क्षति पुर्‍याउँछ । एस्ट्रोजन हार्मोन यौन विकासको लागि भूमिका निर्वाह गर्ने महत्वपूर्ण हार्मोन हो । यसलाई सेक्स हार्मोन पनि भनिन्छ । यस्तो अवस्थामा महिनावारी गडबडी हुने वा रोकिने हुन्छ ।

त्यसैले कुनै महिलाले किमोथेरापी लिइरहेकी छिन् भने उनको अन्य महिलाको तुलनामा कम उमेरमा रजोनिवृत्ति हुन सक्छ ।

निःसन्तानपनको समस्या पनि हुन सक्छ ?

किमोथेरापी गरिसकेपछि कम उमेरमै महिनावारी रोकिने समस्याले भविष्यमा प्रजनन् क्षमतामा गम्भीर असर पर्न सक्छ । किमोथेरापी गरिसकेपछि अण्डाशयले परिपक्व अण्डाहरू उत्पादन गर्न असक्षम हुन्छन् । उत्पादन भएका अण्डाहरू क्षतिग्रस्त हुने वा नष्ट हुने गर्छ । यसले गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । यति मात्र नभई केमोथेरापीले फलोपियन ट्युब अर्थात् गर्भाशय ट्युबलाई पनि क्षति पुर्‍याउँछ । जसले गर्दा किमोथेरापीपछि बाँझोपन हुने जोखिम बढी हुन्छ ।

त्यसैले किमोथेरापीले बाँझोपन ल्याउने सम्भावना भएकाले क्यान्सर पीडित महिलाको अण्डा निकालेर सुरक्षित गरिन्छ । पछि किमोथेरापीले अण्डाशयलाई नष्ट गरेको खण्डमा विकल्पस्वरुप आईभीएफबाट बच्चा जन्माउन सकिन्छ । त्यसैले क्यान्सर भएका महिला र पुरुषलाई शुक्राणु बचत गर्ने गरिन्छ ।

महिनावारी कहिलेसम्म रोकिन सक्छ ?

किमोथेरापी दिएका सबै बिरामी महिलाको यति नै समय महिनावारी रोकिन्छ भन्ने हुँदैन । कसैलाई किमो गरिसकेपछि दुई-तीन महिनाको एकचोटि महिनावारी हुन सक्छ भने कसैकसैलाई दुई-तीन वर्षसम्म पनि नहुन पनि सक्छ । यो किमोथेरापीको प्रकार र बिरामीको उमेरमा भर पर्छ । त्यस्तै कहिलेकाहीं बीचबीचमा थोरै रगत देखिने पनि हुन सक्छ । तर यस्तो हुँदैन महिनावारी सुकेको नै भने होइन । औषधिको डोजको कारण केही समयको लागि रोकिएको हुन्छ ।

महिनावारी फेरि सुचारु हुन्छ ?

किमोथेरापीका कारण रोकिएको महिनावारी शतप्रतिशत फर्किन्छ भन्न सकिंदैन । ४० वर्ष नाघेका बिरामीको महिनावारी पूर्ण रुपमा बन्द हुन सक्छ भने त्यसभन्दा कम उमेरका महिलाको चाहिं सुचारु हुने सम्भावना हुन्छ । सामान्यतया रजोनिवृत्ति अर्थात् महिनावारी ४० देखि ५० वर्षको बीचमा हुन्छ ।

किमोथेरापी डा. रोशन प्रजापति महिनावारी
डा. रोशन प्रजापति
लेखक
डा. रोशन प्रजापति
मेडिकल अन्कोलोजिस्ट

डा. प्रजापति भक्तपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्टको रुपमा कार्यरत छन् । उनले अन्कोलोजीमा एमबीबीएस र एमडी गरेका छन् । डा. प्रजापतिको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३५२० हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

आखिर मान्छे किन बिरामी पर्छ ? यी हुन् मुख्य ८ कारण

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको दोस्रो महिना के गर्ने, के नगर्ने ?

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’

‘मेसु, निर्देशकको पछि पछि हिँड्ने जनशक्ति मात्रै होइनन् अस्पताल व्यवस्थापक’