+

गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

२०८० मंसिर  १५ गते १८:०१ २०८० मंसिर १५ गते १८:०१
Shares
गर्भावस्थामा मधुमेह भएमा के हुन्छ ?

गर्भावस्थामा प्यान्क्रियाज ग्रन्थीले इन्सुलिन हार्मोन राम्रोसँग उत्पादन गर्न नसकेको अवस्थामा हुन्छ मधुमेह हुने सम्भावना अधिक हुन्छ । रगतमा सुगरको मात्रा बढ्दा प्यान्क्रियाजले इन्सुलिन निर्माण कम गर्न पुग्छ ।

गर्भधारण पहिल्यै मधुमेह भएको छ भने मधुमेह नियन्त्रण गरेर मात्रै गर्भधारण गर्न लगाइन्छ । यस्तो अवस्थामा मधुमेह नियन्त्रणमा ल्याएर मात्र गर्भधारण गर्न लगाइन्छ ।

कसरी थाहा पाउने ?

पहिलो तीन महिनाभित्र नियमित खाली पेटमा रगत जाँच गरिन्छ । जतिबेला पनि जाँच गर्दा ब्लड सुगरको मात्रा १४० भन्दा कम हुनुपर्छ । सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम वा कुनै पनि बेला अर्थात् रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । १४० भन्दा बढी भएमा मधुमेह भएको मानिन्छ ।

यस्तो अवस्थामा हो कि होइन भनेर थाहा पाउन रगतमा एचबीएवानसी जाँच गरिन्छ । यसमा गर्भवतीको तीन महिनाको रगतभित्रको ब्लड सुगर जाँच गरिन्छ । यसमा रगतको सुगर लेभल १४० भन्दा कटेको छ कि छैन हेरिन्छ । कटेको खण्डमा जोखिम हुन सक्छ ।

जोखिम

महिना नपुग्दै व्यथा लाग्ने, गर्भभित्र रहेको शिशुको वरिपरि पानीको मात्रा बढ्ने जसलाई पोलिहाइड्रानिओस् भनिन्छ, अकस्मात् गर्भ तुहिने जोखिम हुन्छ । गर्भमा शिशुको आकार निकै ठूलो हुन्छ । जसले गर्दा  प्राकृतिक डेलिभरी नभई सिजरिङ डेलिभरी गर्नुपर्ने हुन्छ । सुत्केरीको व्यथा लामो हुने, आमाले बल गर्न नसक्ने, बेहोस हुने, बच्चा ठूलो भएर शिशु अड्किने, स्त्री जनेन्द्रियमा शिशु निस्किने बाटोमा चोट पुग्ने, सुत्केरीपछि अधिक रक्तस्राव हुन सक्ने हुन्छ । गर्भवती कोमामा समेत जान सक्छ ।

उपचार

प्रत्येक महिना रगतमा ब्लड सुगर जाँच गर्ने, बढेको अवस्थामा त्यसलाई नियन्त्रण गर्ने, बच्चा जन्मिसकेपछि आमालाई ब्लडसुगर लेभल समय-समयमा जाँच गर्न सकिन्छ । त्यसबेला सुगर लेभल कम भएमा औषधि खानुपर्दैन । तर सुगर लेभल घटेन भने आजीवन मधुमेहको औषधि खानुपर्ने हुन्छ ।

डा. मीना प्रधान

सर्छ कि सर्दैन ?

गर्भावस्थामा मधुमेह भएमा शिशुलाई पनि मधुमेह लाग्न सक्छ । जसलाई वंशाणुगत मधुमेह भनिन्छ ।

शिशु अपांगता हुन्छ ?

मधुमेह मात्र भएको छ भने अपांगता हुने सम्भावना एकदम न्यून हुन्छ । बच्चा ठूलो हुने भएकाले प्राकृतिक डेलिभरी गर्दा शिशुको काँध च्यापेर शारीरिक अपांगता हुने जोखिम बढी हुन्छ ।

डेलिभरीपछि मधुमेह नियन्त्रण

शिशु जन्माइसकेपछि मधुमेह प्राय: आफैं ठीक हुन्छ । रगतमा ग्लुकोजको मात्रा सामान्य स्तरमा आउँछ । तर बच्चा जन्मिसकेपछि पनि मधुमेह कम नभएमा जीवनभर मधुमेहको औषधि खानुपर्ने हुन्छ । त्यसैले डेलिभरी भएको पाँच-छ महिनापछि मधुमेह परीक्षण गर्नुपर्छ ।

रोकथाम

प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, गेडागुडी धेरै खाने, सुगरको मात्रा बढी हुने चिनी, आँप, चामल, खर्बुजाजस्ता खानेकुरा कम खानुपर्छ । खानेकुरा सकेसम्म मात्रा मिलाएर खानुपर्छ । त्यस्तै मौसमी फल र सलाद सेवन गर्ने, खाना खाएपछि हिंड्ने, धुम्रपान र मदिराबाट टाढै रहने, सुगर लेभल जाँच गराइरहने गर्नुपर्छ ।

गर्भावस्था डा. मीना प्रधान प्रसूति तथा स्त्रीरोग मधुमेह
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?