+

निद्रामा किन हुन्छ ऐंठन ? (भिडियो)

२०८० मंसिर  १५ गते १९:२२ २०८० मंसिर १५ गते १९:२२
निद्रामा किन हुन्छ ऐंठन ? (भिडियो)

कतिपयले सुतेको अवस्थामा ऐंठन भयो भन्छन् । तर, ऐंठन किन हुन्छ, यसले के कस्तो असर गर्छ ? थाहा नहुन सक्छ ।

यसबारे मिहिन रुपले जान्नका लागि निद्राको चक्रलाई बुझ्नुपर्ने हुन्छ । जब हामी सुत्छौं, मूलत दुईवटा चक्र चलिरहेको हुन्छ । एउटा हल्का निद्रा अर्थात र्‍याम स्लिप (र्‍यापिड आइ मुभमेन्ट)  । अर्को गहिरो निद्रा नन र्‍यामस्लिप (नन र्‍यापिड आइ मुभमेन्ट) ।

पहिलो चक्रमा हामी निदाएको त हुन्छौं तर गहिरो निद्रामा हुँदैनौं । अर्थात आँखाको नानीहरु घुमिरहेको हुन्छ । हामी सुतेको ९० देखि १ सय २० मिनेटसम्मको अवस्थामा यस्तो निद्रा पर्छ । यतिबेला गहिरो निद्रा लागिसकेको हुँदैन । दिमाग सचेत अवस्थामा हुन्छ ।

ऐंठन हुने भनेको निद्राको यहीँ चरणमा हो । यदिबेला हाम्रो दिमागले थाहा पाउँछ । तर, हातखुट्टा वा शरीर चलाउन सक्दैनौं । बोलेजस्तो लाग्छ । तर, आवाज निस्कदैन । एक किसिमले यो अर्धचेत अवस्था हो ।

हामी मस्त निद्रामा जानु अगाडि वा निद्राबाट ब्युँझनुअघि यस्तो हुन्छ । गहिरो निद्राबाट हामी ब्युँझिसकेका हुन्छौं तर शरीर ब्युँझिएको हुँदैन । हामी सबैकुरा थाहा पाएर पनि शरीरलाई हलचल गर्न सकिरहेका हुँदैनौं । यसलाई अंग्रेजीमा स्लिपिङ प्याराइसिस भनिन्छ । यसलाई हामी चलनचल्तीमा ऐंठन भन्छौं ।

 किन हुन्छ ?

नाइटमेर्स अर्थात दुःस्वस्प्नको स्थिती हो । डरलाग्दो सपना, कहिले भूतको, कहिले कहालिलाग्दो सपना । यस अवस्थामा हामीलाई ऐंठन महसुष हुन्छ । ऐंठनको अवस्था एकदमै थोरै हुन्छ । केही सेकेन्डदेखि एक दुई मिनेटसम्म ।

ऐंठन किन हुन्छ त ? यसमा विभिन्न कारण हुनसक्छ । खानपान, रहनसहन, सुताईको अवस्था, सुताईको समय, ओछ्यान, शारीरिक र मानसिक अवस्थाले गर्दा ऐंठन हुनसक्छ ।

कसलाई हुनसक्छ ?

कतिपय बिरामीमा पनि यस्तो हुनसक्छ । कोही लामो समयदेखि बिरामी छन्, दीर्घरोग छ भने उनीहरुमा ऐंठन हुनसक्छ । साथसाथै मानसिक समस्या भएकाहरुलाई ऐंठन हुने जोखिम अरु बढी हुन्छ । जस्तो डिप्रेसन, एन्जाइटी भएकाहरुमा ।

सुत्ने र उठ्ने निश्चित तालिका नमिल्दा, राती अबेर सुत्दा, दिउँसो सुत्ने राती काम गर्दा ऐंठन हुन्छ । अहिले स्क्रिनमा लत लागेका खासगरी बालबालिकामा यस्तो समस्या बढी छ । रक्सी खाने, चुरोट खाने, उत्तानो फर्केर सुत्ने, घुर्ने, मोटाई बढी भएको र समग्रमा खराब जीवनशैली भएकाहरुमा ऐंठन हुनसक्छ ।

ऐंठन स्वस्थ वा सामान्य मान्छेलाई पनि हुन्छ । बेलाबखत ऐंठन हुनु त्यती असहज पनि मानिदैन । तर, मानसिक समस्या भएका वा दीर्घरोग भएकाहरुलाई बारम्बार ऐंठन भइरहेमा उनीहरुका लागि यो समस्या बन्नसक्छ । उनीहरु आफुलाई ऐंठन भएको भन्दै अस्पताल आउने गर्छन् । ऐंठनको कारण नराम्रो स्मरण रह्यो, शरीर गलेर गयो भनिरहेका हुन्छन् ।

उनीहरुलाई दिउँसो पनि बेलाबेला निद्रा लाग्न सक्छ । काम गर्दा गर्दै वा यसै बसिरहेको बेला निद्रा लाग्छ ।

यो मानसिक कि शारीरिक समस्या ?

यो दुबैको भूमिका हुन्छ । सुत्नेबेला शरीर सुतिसकेको हुन्छ, दिमाग जागा हुन्छ । उठ्ने बेला दिमाग व्युँझिसकेको हुन्छ शरीर उठेको हुँदैन । तथर्स यसमा दिमाग र शरीर दुबैको सहमागिता हुन्छ । ऐंठनले शारीरिक र मानसिक दुबै रुपमा असर गर्छ ।

ऐंठन भइरहेमा कुनै समस्या हुन्छ ?

ऐंठन हुन नदिन राम्रो हो । त्यसका लागि सही जीवनयापन, खानपान र चिन्तन जरुरी हुन्छ ।

बारम्बार ऐंठन भइरहँदा मानसिक र शारीरिक थकान बढ्छ । त्यसैले यो समस्या भइरहेमा चिकित्सकको परामर्श लिन जरुरी छ ।

बालबच्चालाई ऐंठन हुने जोखिम कति ?

प्राय सबै उमेरकालाई ऐंठन हुन्छ । तर, ६ देखि १३ बर्षका बालबालिकालाई बढी ऐंठन भएको पाइन्छ । किनभने उनीहरु बढी स्क्रिनमा लिप्त हुन्छन् । सुत्ने तालिका मिलाउँदैनन् । डरलाग्दो फिल्म हेर्छन् । भुतको कथा सुन्छन् र राती त्यसैको सपना देख्छन् ।

ऐंठन हुनै नदिन के गर्ने ?

स्वस्थ जीवनयापन गर्नुपर्छ । योग, ध्यान, व्यायाम जस्ता विधि निकै उपयोगी हुन्छ । स्वस्थ, पोषिलो र स्वच्छ खानेकुरा खानुपर्छ । मनलाई शान्त र आनन्दित राख्ने प्रयास गर्नुपर्छ । सुत्ने तालिका मिलाउनुपर्छ । ओछ्यान सहज हुनुपर्छ ।

फोटो–भिडियो : शंकर गिरी

ऐंठन स्लिपिङ प्याराइसिस
डा. नीरज बम
लेखक
डा. नीरज बम
वरिष्ठ छातीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३९२५ अध्यनन : एमडी (पल्मोनोलोजी तथा क्रिटिकल केयर मेडिसिन) हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका सहप्रध्यापक, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र बसुन्धरास्थित स्मृति अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय