+

बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

२०८० मंसिर  १८ गते १६:४३ २०८० मंसिर १८ गते १६:४३
Shares
बच्चालाई निमोनियाबाट कसरी जोगाउने ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर पाँच वर्षमुनिका बच्चाको मृत्यु हुनुको प्रमुख कारणमध्ये निमोनिया एक हो । विश्वमा प्रत्येक ४५ सेकन्डमा कम्तीमा एक बच्चाले निमोनियाको कारणले ज्यान गुमाउने गरेको छ ।

यसको अर्थ निमोनिया शिशु तथा बालबालिकाको लागि घातक साबित हुन सक्छ । तर बेलैमा निमोनिया हुन नदिन र भएमा तत्काल पहिचान गरी बचाउन विशेषगरी जाडो मौसममा सर्तकता अपनाउन आवश्यक छ ।

के हो निमोनिया ?

फोक्सोमा कुनै कारणवश हुने संक्रमणलाई निमोनिया भनिन्छ । निमोनिया यस्तो रोग हो, जसबाट सबै उमेरसमूह प्रभावित हुन सक्छ । विशेषगरी शिशु यसको जोखिममा बढी हुन्छन् ।

कारण

निमोनिया गराउन विभिन्न तत्व कारक मानिन्छ । शिशुहरुले बान्ता गर्दा निलेर त्यसको कण छातीसम्म पुगेर निमोनिया हुन सक्छ । अर्को कारण भनेको मट्टीतेलको कण पनि फोक्सोमा पुगेर निमोनिया हुने जोखिम हुन सक्छ ।

त्यस्तै चिसो मौसममा देखा पर्न सक्ने भाइरल इन्फ्लुएन्जा, ब्याक्टेरियाको संक्रमण र रुघाखोकीको समयमा उपचार नहुँदा निमोनिया हुन सक्छ । जन्मिंदा आवश्यक खोप नपाएका बालबालिकालाई पनि निमोनियाको जोखिम हुन्छ ।

लक्षण

उच्च ज्वरो आउने, सास फेर्न कठिन हुने, छाती दुख्ने, छिटो-छिटो सास फेर्ने, खोकी लाग्ने, कोखा हान्ने, नङ वा ओठमा नीलो रङ देखिने निमोनियाको लक्षण हुन सक्छ ।

शिशुमा पेट दुख्ने, बान्ता हुने, निमोनियाले गम्भीर असर पुर्‍याएको छ भने अक्सिजनको स्तर कम हुने र ओठ नीलो हुने लक्षण देखिन्छन् ।

कति बेला अस्पताल लैजाने ?

यदि रुघाखोकी र ज्वरो हल्का मात्र छ तर सास फेर्न समस्या छैन र बान्ता पनि गरिरहेको छैन भने घरमै ओरल एन्टिबायोटिक औषधि दिने, खानपाान र चिसोबाट जोगाए निको हुन सक्छ ।

तर अत्यधिक ज्वरो, सास फेर्न कठिनाइ भइरहेको खण्डमा भने तत्काल अस्पताल लैजानुपर्ने हुन्छ ।

सास फेर्न समस्या भएको कसरी थाहा पाउने ?

दुई महिनाभन्दा सानो शिशुको सास फेर्ने क्रम ६० भन्दा माथि भएमा, दुई महिनापछिको उमेरदेखि एक वर्षसम्मको बच्चामा ५० भन्दा बढी भएमा, दुई वर्षदेखि पाँच वर्षसम्मका बालबालिकामा ४० भन्दा बढी र पाँच वर्षसम्मका बालबालिकाको ३० भन्दा बढी भएमा सास फेर्न कठिन भइरहेको थाहा पाउन सकिन्छ ।

उपचार

निमोनियाको उपचार छिटो पहिचान गरी उपचार गरेमा निमोनियाले हुन सक्ने सम्भावित जटिलताबाट बच्न सकिन्छ । यसको उपचारमा सामान्य लक्षण भए ओरल एन्टिबायोटिक औषधि दिन सकिन्छ । तर  बच्चाको श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो, खाना पचाउन नसक्ने अवस्थामा अस्पताल भर्ना गरी सुईबाट  एन्टिबायोटिक औषधि दिनुपर्ने हुन्छ ।

भाइरल निमोनिया छ भने  एन्टिभाइरल औषधि  चलाउनुपर्छ  ।

जटिलता

निमोनियमाको समयमा उपचार भएन वा सहीसँग उपचार नभएमा ज्यानै जानेसम्मको जोखिम हुन सक्छ । निमोनियाको कारण शरीरमा अक्सिजनको कमी भएपछि मुटु, मस्तिष्कलगायत अंगहरुमा पनि असर गर्छ ।

साथै, आईसीयूमा भर्ना गर्नुपर्ने वा सास फेर्न कठिन भई कृत्रिम सास दिनुपर्ने अवस्था आउन सक्छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसकारण निमोनिया बढ्दै गई रगतमा फैलिएर शरीरभर नै संक्रमण हुन सक्छ । जसलाई ‘सिभियर सेप्सिस’ भनिन्छ । अर्को भनेको निमोनिया नै बिग्रिएर छातीमा पानी जम्ने हुन सक्छ ।

जोगिन के गर्ने ?

निमोनियाबाट जोगाउन नवजात शिशुलाई निमोनियाविरुद्धको खोप अनिवार्य दिनुपर्छ । जाडोयाममा बच्चालाई चिसो र भाइरल संक्रमण भएको व्यक्तिको सम्पर्कबाट टाढा राख्नुपर्छ ।

दुई वर्षभन्दा मुनिको नवजात शिशुमा प्रतिरोध क्षमता कम हुने भएकाले धुवाँधुलो तथा प्रदूषण र भीडभाड क्षेत्रमा लैजानु हुँदैन ।

रोगसँग लड्ने क्षमतालाई बलियो बनाउन जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । साथै, बच्चाको खानपान र पोषणमा ध्यान दिनुपर्छ । कुनै किसिमको लक्षण देखिएमा तुरुन्त अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्छ ।

डा. उषा दाहाल निमोनिया बालबालिका स्वास्थ्य
डा. उषा दाहाल
लेखक
डा. उषा दाहाल
बालरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १२३९६ अध्ययन : एमबीबीएस, एमडी काठमाडौंको बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

चिसोबाट बच्न पूरै मुख छोपेर सुत्दा हुनसक्छ स्वास्थ्यमा यस्तो असर

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्राको राजीनामाबारे बेखबर स्वास्थ्य मन्त्रालय

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३ औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’