+

लिपोसक्शन : शरीरलाई आकर्षक बनाउने शल्यक्रिया कति भरपर्दो ?

२०८० मंसिर  १८ गते २०:२८ २०८० मंसिर १८ गते २०:२८
लिपोसक्शन : शरीरलाई आकर्षक बनाउने शल्यक्रिया कति भरपर्दो ?

निकिता र रिद्दिमा (परिवर्तित नाम) ने पछिल्लो हप्ता आफ्ना शरीर आकर्षक एवं सुडौल बनाउनका लागि एक शल्यक्रिया गराएका थिए । उनीहरुको उमेर ४० देखि ४५ को विचमा छ । शल्यक्रियाका लागि अस्पतालमा तीन दिन बसेका थिए ।

यी दुबै आफ्नो परिवर्तित शरीर देखेर दंग छन् ।

उनीहरुले ३६० डिग्री लिपोसक्शन गराएका थिए । सामान्य भाषामा भन्नुपर्दा उनीहरुको शरीरभित्र बाट केही बोसो हटाइएको थियो । ताकि उनीहरुको शरीरलाई आकर्षक स्वरुप दिन सकियोस् । निकिता र रिद्दिमा जस्ता थुप्रै महिला छन्, जो आफ्नो शरीरलाई आकर्षक देखाउनका लागि शल्यक्रिया गराउन चाहन्छन् ।

तर, यो कति सुरक्षित, भरपर्दो र प्रभावकारी छ त ?

अघिल्लो बर्ष कन्नड टेलिभिजनकी अभिनेत्री चेतन राजको एक स्थानिय अस्पतालमा निधन भयो ।

उनले कन्नडका लोकप्रिय टेलिभिजन धाराबाहिक ‘गीता’ र ‘दोरस्वामी’ मा काम गरिसकेकी थिइन् । खबर यस्तो आएको थियो कि, चेतना राजले तौल घटाउनका लागि एक शल्यक्रिया गराएकी थिइन् । त्यसपछि उनको स्वास्थ्य क्रमस खराब हुँदै गएको थियो । बिबिसीले आफ्नो एक रिपोर्टमा पनि यस्तै कुरा उल्लेख गरेको थियो । रिपोर्टमा भनिएको थियो, तौल कम गर्नका लागि शल्यक्रिया गर्दा सात ब्रिटिश नागरिकको मृत्यु भएको थियो । यस सन्दर्भमा सबैभन्दा बढी चर्चा मेलिसा केरको मृत्युलाई लिएर भयो ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा ३१ बर्षिय मेलिसा केरले एक निजी अस्पतालमा नितम्ब बढाउनका लागि शल्यक्रिया (बट लिफ्ट सर्जरी) गराएकी थिइन् । सोही क्रममा उनको मृत्यु भयो । यो सन् २०१९ को घटना हो ।

यसैगरी सन् २०२० मा तीन बच्चाकी एक आमाले लिपोसक्शन गराएकी थिइन् । पछि उनको मृत्यु भयो ।

किन टर्कीमा धेरै शल्यक्रिया हुन्छ ?

आखिर लिपोसक्शनका लागि टर्की नै किन रोज्छन् महिलाहरु ? टर्कीको स्वास्थ्य मन्त्रालयले सन् २०१९ मा यूएसएचएएस नामको हेल्थकेयर कम्पनी गठन गरेको थियो । उसको अनुसार टर्की अहिले चिकित्सा पर्यटनको हटस्पट बनेको छ ।

यसको दावी के छ भने स्वास्थ्य सम्बन्धी सुविधा, योग्य चिकित्सक र सस्तो शुल्को कारण टर्की आज सर्वोच्व स्वास्थ्य पयर्टनस्थल बनेको छ । तथ्यांक अनुसार सन् २०२२ को पछिल्लो ६ महिनामा टर्कीमा करिब ६ लाख व्यक्ति स्वास्थ्य सुविधा लिन पुगेका थिए ।

इन्टरनेशनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरीका अनुसार स्तन बढाउन, आँखालाई फराकिलो बनाउन, पेटको बोसो घटाउन, नाकको आकार बदल्न र लिपोसक्शन शल्यक्रियाका टर्की विश्वकै शीर्ष देशहरुमा पर्छ । त्यसमा महिलाको संख्या अत्याधिक छ ।

बिबिसीको रिपोर्टमा भनिएको छ कि टर्कीमा यस किसिमको शल्यक्रिया गराउनका लागि ह्वाट्सएपमा म्यासेज गरेर पनि केही मिनेटमै शल्यक्रियाका लागि बुक गराउन सकिन्छ ।

जुन शल्यक्रिया गराउन ब्रिटेनमा करिब भारु दश लाख रुपैयाँसम्म खर्च हुन्छ, त्यही शल्यक्रिया टर्कीमा भारु दुई लाखमा गराउन सकिन्छ ।

यस बिषयमा ब्रिटेन किन टर्कीसँग कुरा गर्न चाहन्छ ?

बिबिसीमा छापिएको एक लेख अनुसार मेलिसा केरको मृत्युमाथि एक स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गर्दै भनेका छन्, ‘मेलिसा वा अरु यस्तै व्यक्तिहरुलाई शल्यक्रियाका लागि विदेश जानुअघि समुचित जानकारी दिइदैन ।’

ब्रिटेन सरकारले यस विषयलाई गंभिरतापूर्वक लिएको स्वास्थ्य मन्त्री मारिया कालफील्डले बताएकी छिन् । ब्रिटेन सरकारले टर्कीका अधिकारीहरुसँग भेटेर मेडिकल र कस्मेटिक टुरिज्मसँग सम्बन्धी निर्धारित नियममाथि चर्चा गर्ने जनाइएको छ ।

ब्राजिलियाई बट लिफ्ट (नितम्बको शल्यक्रिया) गरेपछि मेलिसा केरको मुटुमा रगत जमेको थियो । ‘जसले ब्राजिलियाई बट लिफ्ट गर्न चाहन्छन् उनीहरुलाई यसको जोखिमबारे पूर्ण रुपमा जानकारी दिनुपर्छ र शल्यक्रिया अघि उनलाई राम्ररी सोच्नका लागि समय दिनुपर्छ’ ब्रिट्नकी स्वास्थ्य मन्त्री मारिया कालफील्डले भनेकी छिन् ।

भारतका प्लास्टिक सर्जन अश्विनी कुमार सिंह पनि यही कुरा दोहो¥याउँछन् । उनी दुई वटा कुरामा जोड दिन्छन्, ‘पहिलो कुरा, जसले यस्तो शल्यक्रिया गराउने सोच बनाइरहेका छन् उनीहरुले धेरै सोचविचार गर्नुपर्नेछ । दोस्रो कुरा, यदि शल्यक्रिया गराउने नै भए सर्जरी मान्यताप्राप्त चिकित्सकबाटै गराउनुपर्छ ।’

ब्रिटेनकी स्वास्थ्य मन्त्री मारिया कलफिल्डका अनुसार ब्राजिलियाई बट लिफ्टमा अन्य कस्मेटिक सर्जरीभन्दा दश गुना बढी खतरा छ ।

लिपोसक्शनलाई बुझौं

ब्रिटिश स्वास्थ्य सेवा कम्पनी राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का अनुसार लिपोसक्शन एक कस्मेटिक शल्यक्रिया हो । यो शल्यक्रिया त्यही व्यक्तिको हुन्छ जसको शरीरबाट अतिरिक्त बोसो निकाल्नुपर्ने हुनसक्छ । लाइपोको अर्थ बोसो हो र सक्शनको अर्थ निकाल्नु हो ।

यस्तो शल्यक्रिया शरीरको त्यस्तो भागमा गरिन्छ, जहाँ बोसोको मात्रा जमेको छ । र, त्यो बोसो स्वास्थ्य आहार वा व्यायामबाट पनि कम गर्न सकिएको छैन । यस शल्यक्रियाको मद्दतले नितम्ब, गला, पेट, हातको माथिल्लो हिस्सा, खुट्टाको पछिल्लो हिस्सा, पिँडुला आदिको बोसो निकालिन्छ ।

लिपोसक्शनको उदेश्य शरीरको आकारलाई लामो समयसम्म सुन्दर बनाइराख्नु हो, जो स्वास्थ्य तौल कायम राख्न चाहन्छन् ।

लिपोसक्शन सुरक्षित छ ?

चिकित्सक अश्विनी भन्छन् लिपोसक्शन पूर्ण रुपमा सुरक्षित छ । ९९ दशमलव ९ प्रतिशत व्यक्तिमा यसको कुनै समस्या देखिदैन । यदि यो सुरक्षित नहुँदो हो त अमेरिकाको एफडीएबाट यसलाई मान्यता दिइने थिएन ।

अन्य शल्यक्रियामा जस्तै यसमा पनि बिरामीको सम्पूर्ण कुरा परीक्षण गरेर मात्र शल्यक्रियाका लागि तयार गरिन्छ । साथसाथै शल्यक्रियापछि एन्टिबायोटिक्स र पेनकिलर्स दिइन्छ ।

तर, तौल घटाउनका लागि होइन

डा. अश्विनीका अनुसार लिपोसक्शन गराउनुअघि सबै व्यक्तिलाई परामर्श दिइन्छ । ‘हामी उनीहरुको अपेक्ष के हो त्यो बुझ्छौं’ डा. अश्विनी भन्छन्, ‘त्यसपछि आवश्यक परीक्षण गरेर उनलाई शल्यक्रिया गर्नु उचित हुन्छ वा हुँदैन भनेर भन्छौं । कतिपयलाई यस्तो शल्यक्रिया नगर्नका लागि स्पष्टसँग भन्ने गरेका छौं ।’

लिपोसक्शनको बारेमा उनी स्पष्टसँग यसो भन्छन्, ‘यो कुनैपनि तौल कम गर्ने प्रक्रिया होइन । यो शरीरलाई एक सुडौल आकार दिने प्रक्रिया हो । यससँग तौल घटाउने कुराको कुनै लिनुदिनु छैन ।’

कहिले समस्या हुन्छ ?

केही यस्ता खबर आउने गरेका छन् कि लिपोसक्शनको कारण मृत्यु भयो । यस प्रश्नमा डा. अश्विनी भन्छन्, ‘सधै प्रमाणित प्लाष्टिक सर्जनबाट नै यो शल्यक्रिया गराउनुपर्छ । टेक्निशियन वा जो प्लाष्टिक सर्जन होइनन्, उनीहरुबाट शल्यक्रिया गराउँदा समस्या हुनसक्छ ।’

साथसाथै शल्यक्रिया कहाँ गर्ने हो त्यसबारे पनि ख्याल गर्नुपर्छ । जुन अस्पतालमा यस्तो शल्यक्रिया गरिदैछ, त्यहाँ के कस्ता सुविधा र सुरक्षाको व्यवस्था छ ? जस्तो आईसीयुको सेटअप । यदि कुनै समस्या आएमा तुरुन्त त्यसको निदान गर्न सकियोस् । सही सेटअप भएको ठाउँमा कुनै समस्या आएपनि त्यसको तुरुन्त समाधान निकाल्न सकिन्छ ।

लिपोसक्शनको प्रक्रिया

डा. अश्विनी भन्छन्, ‘लिपोसक्शनमा शरीरको निश्चित भागमा इन्जेक्सन दिइन्छ, जसले त्यहाँ भएको बोसोलाई टुक्रा टुक्रा गर्छ । र, यसलाई हटाउन सहज हुन्छ ।’

युनिभर्सल लिपोसक्शनको निर्देशिकामा यो कुरा स्पष्ट छ कि तपाईं एक पटकमा कति लिपोसक्शन गर्न सक्नुहुन्छ र यस शल्यक्रिया पछि तपाईंले के कस्ता सावधानी अपनाउनुपर्छ ।

बिबिसीबाट

 

लिपोसक्शन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय