+

गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

२०८० मंसिर  १९ गते ९:४४ २०८० मंसिर १९ गते ९:४४
Shares
गर्भावस्थाको पहिलो महिना के कस्तो स्वास्थ्य जाँच गर्ने ?

कुनैपनि महिलामा गर्भ रहेको कसरी थाहा हुन्छ ? सामान्यत यसबारे धेरैलाई हेक्का छ । खासगरी महिलाहरुमा हुनुपर्ने नियमित मासिक स्राव रोकिएमा गर्भ रहेको अनुमान गर्न सकिन्छ । तर, यो पक्का भने होइन ।

यसर्थ गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्नका लागि केही परीक्षण जरुरी हुन्छ ।

शारीरिक सम्पर्कपछि जब कुनै महिलाको महिनावरी चक्र रोकिन्छ त्यसलाई प्रारम्भिक रुपमा गर्भ रहेको शंका गरिन्छ । यसलाई हाम्रो गणना अनुसार चार हप्ताको गर्भ मानिन्छ । अर्थात पहिलो महिनावरीको अन्तिम दिनबाट गणना गर्दा पछिल्लो महिनावरी रोकिएको अवधि सामान्यत चार हप्ताको हुन्छ ।

चार हप्ताको गर्भमा गर्भ रहेको वा नरहेको भन्ने कुरा सबै परीक्षणमा देखिन्छ भन्ने छैन । जस्तो पिसाब रोकिएपछि हामीले एउटा सामान्य किटको प्रयोग गरेर गर्भावस्थाको बारेमा भेउ पाउन सक्छौं । ‘स्योर’ जस्ता कुनैपनि किटमा केही थोपा पिसाब राखेपछि त्यसले गर्भ रहेको वा नरहेको सामान्य सूचना दिन्छ । उक्त किटमा एउटा धर्का मात्र देखिए गर्भ नरहेको र दुई वटा देखिए गर्भ रहेको भनेर बुझ्न सकिन्छ ।

यस्तो किट प्रयोग गर्न सहज, सस्तो र छरितो छ । घरमा ल्याएर कुनैपनि महिलाले गर्भावस्थाको परीक्षण गर्न सक्छन् । गर्भ बसेको चार हप्तापछि मात्र यस किटको प्रयोगबाट गर्भावस्थाको बारेमा थाहा पाउन सकिन्छ ।

हामी के भन्छौं भने, गभ रहे वा नरहेको जाँच गर्ने सबैभन्दा उपयुक्त अवधि भनेको ६ देखि ८ हप्ता हो । अर्थात गर्भ बसेको ६ देखि ८ हप्ताको अवधिमा सोबारे टुंगो गर्न सकिन्छ । जुन मितिमा महिनावरी हुनुपर्ने हो सो मितिमा महिनावरी नभएपछिको दिनलाई हिसाब गरेर त्यसपछिको १५ दिनपछि जाँच गराउनु एकदमै उपयुक्त समय हो ।

यसका लागि प्रेग्नेन्सी किटको प्रयोगदेखि भिडियो एक्स रेसम् मगर्न सकिन्छ । भिडियो एक्स रे पछि गर्भ रहेको वा नरहेको टुंगो लाग्छ ।

हुन त गर्भ रहेको जाँच गर्नका लागि यति मात्र विधि छैन । रगत जाँचबाट पनि गर्भावस्थाबारे पहिल्याउन सकिन्छ । तर, यसका लागि एक त उक्त महिलाबाट रगत लिनुपर्ने हुन्छ अर्कोतिर यो तुलनात्मक रुपमा खर्चिलो पनि हुन्छ ।

गर्भ रहेको वा नरहेको टुंगो गर्नका लागि मूलत यी नै परीक्षण गरिन्छ ।

मानौं महिलाको गर्भ रहेको टुंगो भयो । अब अरु परीक्षण नै गर्नुपर्दैन त ?

के हुन्छ भने, गर्भ रहेसँगै कतिपय महिलामा विभिन्न शारीरिक समस्या हुनसक्छ । त्यस्ता समस्याले गर्भको बच्चा र स्वयम् गर्भवतीलाई पनि असर गर्न सक्छ । त्यसैले गर्भवती महिला पूर्ण स्वस्थ छन् वा छैनन् भनेर अरु केही परीक्षण पनि गर्नुपर्ने हुनसक्छ ।

जस्तो कि, महिलाको पिसाबमा संक्रमण छ वा छैन ? रगतमा हेमोग्लोबिनको मात्रा ठीक छ वा छैन ? मधुमेह सन्तुलित छ वा छैन ? रक्तचाप ठीक छ वा छैन ? यी कुराहरु पनि परीक्षण गरिन्छ । साथै महिलामा यौन रोग वा अन्य कुनैपनि रोग छ भन्ने शंका लागेमा त्यसको पनि परीक्षण गराइन्छ । अहिले गर्भ रहेपछि थाइराइड पनि परीक्षण गरिदै आएको छ ।

यी सम्पूर्ण परीक्षण यसकारण गरिन्छ, ताकि गर्भावस्थामा अन्य कारणले समस्या नहोस् । किनभने गर्भवतीलाई कहिले मधुमेह हुनसक्छ, कसैलाई पिसाबमा संक्रमण । यस्तो अवस्थामा उनीहरुको समस्या अनुरुप उपचार गरिन्छ ।

गर्भावस्थापछि गरिनुपर्ने कुनैपनि परीक्षण दक्ष एवं विश्वासिलो चिकित्सकको परामर्शमा गर्नुपर्छ । कुनैपनि क्लिनिक, अस्पतालमा परीक्षण गर्न सकिन्छ ।

गर्भ रहेपछि कुनै कारणवस् खासगरी महिलाको स्वास्थ्य स्थिती अनुसार गर्भपतन पनि गराउनुपर्ने हुनसक्छ । तर, यो एकदमै कम अवस्थामा मात्र हुन्छ । सय, दुई सय महिलामा एक जनामा यस्तो हुनसक्छ । त्यसबाहेक गर्भ रहेपछि अन्य चिन्ता लिनुपर्दैन । आवश्यक स्वास्थ्य जाँच गर्ने र सही जीवनशैली अपनाउने गर्नुपर्छ ।

गर्भावस्था
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ