+

आयुर्वेदिक औषधि आँखा चिम्लेर खान मिल्छ ?

२०८० मंसिर  २० गते १६:०६ २०८० मंसिर २० गते १६:०६
आयुर्वेदिक औषधि आँखा चिम्लेर खान मिल्छ ?

सदियौंदेखि प्राकृतिक औषधि र जडीबुटीबाट विभिन्न रोगहरूको उपचार हुँदै आएको छ । कतिपयले यसलाई परम्परागत चिकित्साको दृष्टिकोणबाट हेर्छन् भने कतिपयले विज्ञानसँग जोडेर ।

आयुर्वेदिक औषधि प्राकृतिक रुपमा जडिबुटीबाट तयार गरिन्छ । त्यसैले कतिपय भनिरहेका हुन्छन्, ‘यस्तो औषधिको कुनै खराब असर हुन्न ।’ जबकि बजारमा छ्यापछ्याप्ती आयुर्वेदिक औषधि उपलब्ध छन् । यी औषधिहरु आँखा चिम्लेर खान मिल्छ ?

तर, आयुर्वेदिक औषधि साइड इफेक्टरहित हुन्छ भन्ने होइन । यसको सही प्रयोग, सही व्यक्तिका लागि, सही ढंगले हुनुपर्छ । नभए आयुर्वेदिक औषधिले पनि हानि गर्न सक्छ ।

कुनैपनि चिकित्सकले आयुर्वेदिक औषधिको नकारात्मक असर हुँदैन भन्दैनन् र भन्न मिल्दैन पनि । औषधि बिक्रेताले भन्न सक्छन् । किनभने उसको लागि त्यो व्यापार न हो ।

सत्य के हो भने, आयुर्वेदिक औषधि जडीबुटीलाई प्राकृतिक विधिबाट तयार पारिएको हुन्छ । यसमा अन्य रसायन मिश्रण गरिएको हुँदैन । अतिरिक्त रंग, स्वाद र सुगन्ध मिसाइएको हुँदैन । त्यसैले तुलनात्मक रुपमा यसको नकारात्मक असर कम हुन्छ ।

आफुखुसी खान हुन्न

आयुर्वेदिक औषधि हो, जडिबुटी हो खाँदा केही नराम्रो हुँदैन भन्ने आम बुझाई पाइन्छ । तर, कुनैपनि आयुर्वेदिक औषधि प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनु जरुरी छ ।

किनभने मान्छेको शारीरिक अवस्था, उचाई, तौल अनुसार मात्रा मिलाएर कुनैपनि औषधि खानुपर्ने हुन्छ । यसरी सही ढंगले, सही मात्रामा खाइयो भने मात्र त्यसले प्रभावकारी काम गर्छ ।

सामान्य भाषामा यसलाई कसरी बुझ्नुपर्छ भने शरीरलाई फाइदा गर्ने चिज पनि कति खाने भन्ने हुन्छ । भात त शरीरको लागि अनिवार्य हो । तर, भात जतिपनि खाने, जतिबेला पनि खाने होइन । त्यसको मात्रा, तरिका, समय छ । यसैगरी आयुर्वेदिक औषधिको पनि मात्रा र विधि हुन्छ ।

कुनैपनि प्रभाव दिने वस्तुको दुष्प्रभाव पनि हुन्छ । यो कुरा त्यसको प्रयोग विधिमा भर पर्छ ।

जथभावी किन्नु हुन्न

अहिले बजारमा आयुर्वेदिक औषधि छ्यापछ्याप्ती भेटिन्छन् । कसैले भोक लाग्ने औषधि खोजिरहेका हुन्छन्, कसैले दुखाई कम गर्ने । कसैले रगत शुद्धिकरण गर्ने त कसैले मिगौला बलियो बनाउने । तर, यी औषधिहरु आँखा चिम्लेर खरिद गर्ने, प्रयोग गर्ने गल्ती नगरौं । किनभने आफखुसी यसरी औषधि किनेर प्रयोग गर्दा त्यसले नकारात्मक असर पर्छ ।

कुनैपनि औषधि प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनैपर्छ । चिकित्सक पनि रजिस्टर चिकित्सक हो वा होइन टुंगो गर्नुपर्छ । आफुले खरिद गर्न लागिएको आयुर्वेदिक औषधि कस्तो हो ? दर्ता छ वा छैन ? लेबलिङ हेर्नुपर्छ । कतिपय आयुर्वेदिक औषधि नेपालमा दर्ता भएका हुँदैनन् । भारत लगायत अन्य देशबाट चोर बाटोबाट ल्याइएका हुन्छन् । त्यस्ता औषधिले कुनै साइड इफेक्ट गरेमा त्यसको जवाफदेही वा जिम्मेवार कोही हुँदैनन् ।

त्यसैले नेपालमा औषधि व्यवस्था विभागमा दर्ता भएको  औषधि मात्र प्रयोग गर्नुपर्छ ।

स्वास्थ्य परीक्षण नगरी आफैँले अनुमानको आधारमा, अर्को व्यक्तिलाई यो औषधिले फाइदा भयो मलाई पनि फाइदा हुन्छ होला साइड इफेक्ट गर्दैन होला  भनेर  औषधि पसलमा गएर औषधि मागेर खान हुँदैन ।

आयुर्वेदिक औषधि
डा. निर्मल भुसाल
लेखक
डा. निर्मल भुसाल
वरिष्ठ आयुर्वेद पञ्चकर्म विशेषज्ञ

आयुर्वेद चिकित्सा परिषद दर्ता नम्बर : ३९९ पञ्चकर्म विशेषज्ञ दर्ता नम्बर : ०१ अध्ययन : बीएएमएस, एमडी (आयुर्वेद पञ्चकर्म), पीएचडी आयुर्वेद पञ्चकर्म हाल कीर्तिपुरस्थित आयुर्वेद शिक्षण अस्पतालको पञ्चकर्म विभाग प्रमुख र आयुर्वेद चिकित्सा परिषद् नेपालको रजिष्ट्रारको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

शरीरको तौल १२० केजीबाट ६९ मा झार्न सबानाले अपनाएको दैनिकी

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

छाती दुख्यो : मुटुको समस्या हो कि ग्यास्ट्राइटिस ?

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

योगबाट कसरी पूर्ण लाभ लिन सकिन्छ ? (भिडियोसहित)

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

किन हुन्छ बारम्बार गर्भपतन ?

किन हुन्छ बारम्बार गर्भपतन ?

‘जन्डिस भयो, के गरौं ?’

‘जन्डिस भयो, के गरौं ?’