+

कसरी थाहा पाउने छातीको दुखाई हृदयघातकै लक्षण हो ?

२०८० मंसिर  २७ गते १६:३९ २०८० मंसिर २७ गते १६:३९
Shares
कसरी थाहा पाउने छातीको दुखाई हृदयघातकै लक्षण हो ?

छाती दुख्ने समस्या अनेक कारणले हुनसक्छ । दुखाईको अनुभव पनि फरक फरक हुनसक्छ । कसैलाई छातीको बायाँ छेउमा दुख्छ, कसैलाई दायाँतिर दुख्छ । कहिले हल्का दुख्छ, कहिले सहनै नसक्ने गरी दुख्छ । दुखाईको स्थिती, मान्छेको स्वास्थ्य अवस्था वा आनीबानीलाई आधार मानेर यसको कारण पहिल्याउन सकिन्छ ।

जस्तो कतिपयलाई पेटमा ग्याँस भरिएर पनि छाती दुखेको महसुष हुन्छ । कतिलाई निमोनियाको कारण यस्तो हुन्छ । लगातार खोकीले पनि छाती दुख्छ । फोक्सोको संक्रमण, आहार नलीमा समस्या, हड्डी वा मांशपेशीको कारणले छाती दुख्छ ।

त्यसबाहेक केही गंभिर रोगहरुले पनि दुख्छ । जस्तो कि, हृदयघात ।

मुटुकै कारण छाती दुखेको हो वा अरु कारणले ? यसबारे छुट्याउन कठिन हुन्छ । अस्पताल पछि नै त्यसबारे टुंगो गर्न सकिन्छ ।

हामीले गंगालाल अस्पतालमा हेरेको बिरामीमध्ये धेरैमा हृदयघात देखिएको थियो, जो छाती दुखेको कारण अस्पताल आएका थिए । त्यसैले यदि छाती दुखेको छ भने हामीले मुटुको कारण हो वा होइन भनेर थाहा पाउनै पर्छ ।

हृदयघात अचानक हुने जोखिम हो ।

यद्यपि यसअघि केही सामान्य संकेत पाउन सकिन्छ । जस्तो सामान्य हिँडडुल गर्दा छाती दुख्नु, आरम गर्दा नदुख्नु, खलखल पसिना आउनु हृदयघातको लक्षण पनि हुनसक्छ । हुन त हृदयघातको लक्षण सबैमा एकनास नहुन सक्छ ।

मुटुको समस्या हुँदा छाती दुखाईको केही फरक अनुभव हुनसक्छ । जस्तो छाती दुख्ने वा भारीपन महसुष हुने, छाती दुखाईसँगै वान्ता हुने, अचानक पसिना आउने, सास फेर्नमा असहज हुने, मुटुको धड्कन अनियमित हुने । तर, लक्षण नै पर्खेर बस्नु उचित होइन । संभव भएसम्म छाती दुख्यो भने नजिकको स्वास्थ्य केन्द्रमा गएर जँचाउनु पर्छ । छाती दुख्नु हृदयघातको प्रमुख लक्षण हो । यसलाई खेलाँची नगरौं ।

हृदयघातकै संकेत हो त ?

यदि हृदयरोगको जोखिम बर्गमा कोही छन् भने उनीहरुले छाती दुख्नसाथ सजग हुनुपर्छ । खासगरी हृदयरोग भएका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टोरोलको समस्या भएका, परिवारमा कसैलाई हृदयघात भएको इतिहास छ भने त्यस्ता व्यक्ति जोखिम बर्गमा हुन्छन् ।

धेरै चुरोटको धुँवा तान्ने, रक्सी पिउने व्यक्तिलाई पनि हृदयघातको जोखिम छ । त्यसो अन्य व्यक्ति यसबाट सुरक्षित छन् भन्ने होइन । जो कोहीलाई हृदयघात हुनसक्छ तर जोखिम कसैलाई बढी र कसैलाई कम हुनसक्छ ।

उमेरको आधारमा पनि हृदयघातको जोखिम देखिन्छ । जस्तो पुरुषको हकमा ४५ बर्ष वा सो भन्दा माथि उमेर छ भने उनीहरुलाई हृदयघातको जोखिम छ भने महिलाको हकमा ५५ बर्ष माथिलाई यस्तो जोखिम छ ।

जाडो याम र हृदयघात

अक्सर के देखिन्छ भने तुलनात्मक रुपमा जाडो याममा हृदयघातको घटना बढी हुन्छ । यसो हुनुमा जाडो वा चिसोको कारण रक्त प्रवाहमा आउनसक्ने अवरोध नै हो । जाडोमा मुटुको नली वा धमनी खुम्चने र साँघुरिने हुन्छ । यसले गर्दा रक्त प्रवाहमा अवरोध आउँछ र हृदयघातको जोखिम बढ्छ ।

छाती दुख्नसाथ जँचाउनु पर्छ ?

यदि तपाईं जोखिम बर्गमा पर्नुहुन्छ र छातीको दुखाई हृदयघातको लक्षणसँग मिल्दो छ भने अस्पताल वा चिकित्सकको सम्पर्कमा पुग्नैपर्छ । किनभने बाहिरबाट हेर्दा किन र कुन भागमा दुखेको भन्ने ठिम्याउन सकिदैन । यसका लागि सम्बन्धित चिकित्सकले जाँच गरेर मात्र थाहा हुन्छ ।

संभव भएसम्म कुनैपनि छाती दुखाई महसुष हुनसाथ चिकित्सकलाई जँचाउनु पर्छ । कतिपयले छाती दुखाईलाई अरु नै समस्या होला भनेर बेवास्ता गरिरहेका हुन्छन् । ग्याष्ट्रिकले वा चिसोले छाती दुखेको होला भनेर घरमै बस्छन् । यसले गर्दा उनीहरु थप जोखिममा पर्न सक्छन् । किनभने गंगालाल अस्पतालमा छाती दुखेर आउने बिरामीमध्ये अधिकांशमा हृदयघात देखिएका छन् ।

हृदयघात हृदयघातकै संकेत हो त ?
डा. चन्द्रमणि अधिकारी
लेखक
डा. चन्द्रमणि अधिकारी
कन्सल्टेन्ट कार्डियोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ६२४८ अध्ययन : कार्डियोलोजीमा एमडी, इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसिप हाल काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको रुपमा कार्यकारी निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?