+
+

इन्जुरी समयको पेनाल्टीबाट एनएसएलमा वीरगञ्जको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १९:१०

२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएलको अंक तालिकामा पुछारमा रहेको वीरगञ्ज युनाइटेट स्पोर्टिङ इलामलाई हराउँदै आठौं स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको तनावपूर्ण खेलमा इलामले पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन र वीरगञ्जसँग इन्जुरी समयमा गोल खाँदै पराजित भयो ।

इन्जुरी समयमा इलामका आशिष गुरुङले सुनिल खड्कालाई बक्स भित्र फल गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो । जसमा विलियम ओपोकुले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गरे ।

यसअघि १५ औं मिनेटमा वीरगञ्जका ३ जना डिफेन्डरबाट बिट भएको बललाई आशिष चापागाईँले बक्स भित्रबाटै गोल गरेर इलामलाई अग्रता दिलाएका थिए ।

तर त्यो अग्रता धेरै टिकेन । ३३ औं मिनेटमा सुशील लामाको बक्समा हानेको क्रसमा विशोन गुरुङले वान टचमा गोल गरे । इलामका किपर विकेश कुथुले बचाउने प्रयास सफल भएन ।

जितपछि ५ खेलबाट ५ अंक जोड्दै वीरगञ्ज आठौं स्थानमा उक्लेको छ । चितवन एफसीको समान ५ अंक भए पनि वीरगञ्ज हेड टु हेडमा पछि परेको हो ।

हारपछि ६ खेलबाट ४ अंक रहेको इलाम अन्तिम स्थानमा झरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?