+
+

इलामले वीरगञ्जसँगको हार सहन नसकेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १९:२९

२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा स्पोर्टिङ इलामका खेलाडीले रेफ्रीमाथि नै हातपात गरेका छन् ।

वीरगञ्ज २-१ ले पराजित भएको खेलमा रेफ्रीले खेल सकिएको सिठ्ठी फुके लगत्तै इलामका कप्तान तथा गोलकिपर विकेश कुथु रेफ्री कबिन व्यञ्जनकारसँग विवाद गर्दै अघि बढेका थिए ।

९४ औं मिनेटमा वीरगञ्जलाई पेनाल्टी दिएदेखि नै विकेश रेफ्रीसँग असन्तुष्ट थिए । उनले वीरगञ्जका विलियम ओपोकुले पेनाल्टी हान्ने बेलामा पोष्ट नै खाली छाडेका थिए । तर पछि उनी पोष्टमा गए पनि ओपुकुले गोल गरेपछि वीरगञ्ज विजयी भएको थियो ।

खेल सकेपछि विकेशले विवाद गरेपछि व्यञ्जनकारले उनलाई दोस्रो पहेँलो कार्ड देखाए । त्यसपछि झनै आक्रामक बनेका विकेशले व्यञ्जनकारमाथि हातपात नै गरेका थिए ।

इलामका केही खेलाडी र अफिसियल रेफ्री र असिस्टेन्ट रेफ्रीमाथि आक्रामक बनेपछि मैदानमै पुगेर सुरक्षाकर्मीले छुट्टाएका थिए ।

हेर्नुहोस् विवादका तस्वीरहरू : 

   

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?