+
+
एनएसएल :

पोखरासँग इन्जुरी समयमा गोल खाँदा चुक्यो धनगढी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १५:०४

६ पुस, काठमाडौं । पोखरा एफसीसँग इन्जुरी समयमा गोल खाएपछि धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा पुग्नबाट चुकेको छ ।

पोखराका मोसे ग्याबाहले इन्जुरी समयमा गोल गरेपछि धनगढी १–१ को बराबरीमा रोकिएको छ । यो बराबरीले पोखरा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ ।

बराबरीपछि पोखरा ८ खेलबाट १५ अंक जोडेर लिगमा पहिलो भयो र पहिलो क्वालिफायर खेल्नेछ । बराबरीले धनगढीलाई घाटा भएको छ । ८ खेलबाट १३ अंक जोडेको धनगढी दोस्रोमै छ ।

धनगढीको उपविजेता हुँदै क्वालिफायर खेल्ने संभावना छ । तर उसले वीरगञ्ज र चितवनबीचको खेलको नतिजामा भर पर्नु पर्छ ।

पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ ।

ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।

पोखरासँगको खेलमा ४२ औं मिनेटमा गोल गर्दै मिलन राईले अग्रता दिलाएका थिए ।

पोखराका कप्तान फ्रांकलिन कुएटे टालाले आफ्नै बक्समा टिममेटलाई ब्याक पास दिएका थिए । तर बल उनको टिममेटसम्म पुग्नुअघि नै धनगढीका ओलावाले आफिजले भेटे ।

ओलावाले पोखराका नरेन्द्र चौधरीलाई बिट गर्दै दायाँ भागमा बल क्रस गरेका थिए । पोखराका किपर प्रिसो पनि बिट भइसकेका थिए । क्रस लिन अहमद हिजाजी र मिलन राई दौडेका थिए । मिलनले बल भेटेर वाच टचमै गोल गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?