+

गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

२०८० पुष  ८ गते १५:०१ २०८० पुष ८ गते १५:०१
Shares
गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

गर्भावस्थाको तीन महिनामा धेरैजसो वाकवाकी लाग्ने गर्छ । कसैलाई केही दिन लाग्छ भने केहीलाई महिनौंसम्म निरन्तर वाकवाकी लाग्न सक्छ ।

गर्भावस्थामा वाकवाकी लाग्नु, खानेकुरा दिगमिग लाग्नु, वान्ता हुनु सामान्य मानिन्छ । कतिपय अवस्थामा यसलाई गर्भधारणको पहिलो लक्षणको रुपमा पनि बुझ्ने गरिन्छ ।

गर्भावस्थामा वाकवाकी लाग्नुको कारण हर्मोनमा हुने परिवर्तन हो । त्यसबेला गर्भाशयमा भ्रुण विकास गर्न एक किसिमको हर्मोन जरुरी हुन्छ, जसलाई ह्युमन कोरियोनिक गोनाडोट्रोफिन (एचसीजी) भनिन्छ । गर्भावस्थामा यो हर्मोनको स्तर अचानक बढ्न थाल्छ ।

यो हर्मोनले महिलाको पेट र आन्द्रामा सोझो प्रभाव पार्छ, जसले गर्दा मर्निङ सिकनेस (बिहान उठ्नसाथ वाकवाकी लाग्ने) वा खाना खानसाथ वाकवाकी लाग्ने हुन्छ । यो क्रम तीन महिनासम्म बढी हुन्छ र त्यसपछि क्रमस सबै ठीक हुँदै जान्छ । किनभने तीन महिनापछि  शरीरमा उक्त हर्मोनको स्तर कम हुँदै जान्छ ।

वाकवाकी कसरी रोक्ने ?

कहिले काहीँ गर्भावस्थामा अरु कारणले पनि वाकवाकी लागेको हुनसक्छ । गर्भावस्थाको कारण वाकवाकी लागेको छ र त्यसैले असहज बनाएको छ भने त्यसलाई रोक्ने औषधि खान सकिन्छ । यद्यपि औषधि आफुखुसी खानु हुँदैन, चिकित्सकको परामर्श लिनुपर्छ ।

कतिपयलाई के लाग्छ भने गर्भावस्थामा वाकवाकी रोक्ने औषधि खान हुँदैन यसले गर्भमा हुर्कदै गरेको भ्रुणलाई असर गर्छ भन्ने मानसिकता छ । यो गलत हो । वाकवाकी रोक्ने औषधि सुरक्षित छ । चिकित्सकको सल्लाह अनुसार दुई वा तीन चोटीसम्म खान सकिन्छ ।

औषधिले पनि वाकवाकी रोकिएन भने अस्पतालमा गएर सुई पनि लगाउन सकिने विकल्प छ ।

के खानाको कारणले वाकवाकी लाग्छ ?

गर्भावस्थामा कतिपयलाई खानेकुरा खाइरहन मन लाग्छ भने कतिलाई अरुची हुन्छ । त्यसैले खानेकुराकै कारण पो वाकवाकी लागेको हो कि भन्ने लाग्न सक्छ । यस्ता महिलाहरु पनि हुन्छन्, जो वाकवाकी लाग्छ भनेर खानपान बार्ने गर्छन् ।

तर, गर्भावस्थामा वाकवाकी लाग्नुको कारण खानपान होइन । त्यसैले खानेकुरा बार्नुपर्दैन । रक्सी, चुरोटबाहेक अरु खानेकुरा खाए हुन्छ । यतिबेला शरीरलाई खानेकुरा अरु जरुरी हुन्छ । भरपुर पोषण चाहिन्छ । त्यसैले खानेकुरा नखाँदा ग्लुकोज, प्रोटिन जस्ता पोषकतत्वको कमी हुनसक्छ ।

यद्यपि रुची नै नभएपछि राम्ररी खान सकिदैन । माछामासु देख्नसाथ दिगमिग लाग्ने, दही दूध खानै मन नलाग्ने हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ?

यस्तो अवस्थामा के गर्ने ?

हामीकहाँ बिहान–बेलुकी भरपेट खाना खाने चलन छ । यसरी खानुभन्दा पनि दुई घण्टाको अन्तरालमा थोरै थोरै खानेकुरा खाइरहनुपर्छ । एकै खालको खानेकुरा भन्दा पनि फरक फरक खानेकुरा खान सकिन्छ ।

आफुलाई मनपर्ने खानेकुरा नै खाने । यदि कुनै खानेकुरामा अरुची छ भने जबरजस्ती नखाने । यद्यपि, फलफूल, सागपात आदि चाहि थोरै थोरै भएपनि खाइरहने । यसैगरी ड्राइफ्रुट्स पनि थोरै थोरै खाइरहने । यसले वाकवाकी लाग्न कम पनि हुन्छ ।

जंकफुड, तारेको भुटेको आदि खानेकुरा संभव भएसम्म नखाने ।

खानाको कारणले वाकवाकी लाग्छ वाकवाकी कसरी रोक्ने ?
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली