+
+

१० महिनामा त्रिभुवन विमानस्थलबाट ७० लाख २३ हजारले गरे यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १५:२८
फाइल तस्वीर

१३ पुस, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० महिनाको अवधिमा ७० लाख २३ हजार ९०७ जना यात्रुले यात्रा गरेका छन् । यो काठमाडौं भित्रने र यो विमानस्थल हुँदै बाहिरिने यात्रुको संख्या हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको तथ्यांक अनुसार १० महिनामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३६ लाख ७९ हजार ६०५ जना रहेको छ ।

आन्तरिक टर्मिनल प्रयोग गर्ने यात्रुको संख्या ३३ लाख ४४ हजार ३०२ रहेको तथ्यांक छ । यस अवधिमा काठमाडौंबाट १९ लाख ५८ हजार ६८७ जना यात्रु विदेश उडेका छन् । विदेशबाट काठमाडौं भित्रने यात्रुको संख्या १७ लाख २० हजार ९१८ रहेको छ । बाहिरी जिल्लाबाट जहाजमा काठमाडौं भित्रने यात्रुको संख्या १६ लाख ६८ हजार २७ रहेको छ । काठमाडौंबाट बाहिरी जिल्लामा जाने यात्रुको संख्या १६ लाख ७६ हजार २७५ जना रहेको तथ्यांक छ ।

यस अवधिमा काठमाडौं विमानस्थलमा कुल २५ हजार ६७४ वटा अन्तर्राष्ट्रिय उडान अवतरण (फ्लाइट मुभमेन्ट) भएका छन् । जसमध्ये १२ हजार ८३७ उडान र १२ हजार ८३७ नै अवतरण भएको तथ्यांक छ । आन्तरिकतर्फ कुल ७८ हजार ६६३ वटा उडान–अवतरण भएका छन् । जसमध्ये अवतरण ३९ हजार ३१९ र उडान ३९ हजार ३४४ रहेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?