+
+

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते ७:२६

२० पुस, काठमाडौं । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था स्थीर छ ।

घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अरुलाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

क्रिसमसको विदा पछि विद्यालय खुलेको पहिलो दिनमै विद्यालयमा गोली चलेपछि अमेरिकाको पेरी शहरका बासिन्दा आतंकित छन् । पेरी अमेरिकाको सानो शहर हो । यहाँ करिब ८ हजार जनसंख्या छ ।

अमेरिकामा बन्दुकबाट हुने आक्रमण चिन्ताको विषय बनेको छ । त्यसैले बन्दुकबाट मानिसहरु मारिने क्रमलाई रोक्न कडा कानुनको माग हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?