+
+

बधाईपत्र दिने कि स्पष्टीकरण लिने ? माओवादीले सुरु गर्‍यो कार्यकर्ता मूल्यांकन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २०:२७
माओवादीको स्थायी कमिटी बैठकको फाइल तस्वीर

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले रुपान्तरण अभियानका क्रममा काम गर्ने कार्यकर्तालाई पुरस्कृत र कारवाही गर्नका लागि मूल्यांकन सुरु गरेको छ ।

बिहीबार सुरु पार्टी स्थायी कमिटी बैठकबाट माओवादीले प्रदेश इन्चार्जको रिपोर्टअनुसार मूल्यांकन सुरु गरेको हो ।

नेकपा माओवादी केन्द्रले पाचौं केन्द्रीय समिति बैठकमा गत भदौदेखि सुरु भएको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’मा काम गरेका नेता कार्यकर्ताको मूल्यांकन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार माओवादी केन्द्रले स्थायी समितिमा छलफल सुरु गरेको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

‘बैठकमा एजेन्डा प्रस्तुत भएर छलफल सुरु भएको छ । त्यसमा पनि रुपान्तरण अभियानका क्रममा खट्ने कार्यकर्ताको मूल्यांकन गरी पुरस्कृत र कारवाही गर्ने विषयमा छलफल सुरु भएको छ’, सचिव पौडेलले भने ।

पार्टी केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले चार महिनासम्म चलेको अभियानमा शतप्रतिशत खट्नेहरुलाई बधाई पत्र, त्यस्तै ६० देखि ९० प्रतिशत समय दिएर खट्नेलाई धन्यवाद पत्र र १५ देखि ६० प्रतिशत समय खट्नेलाई सतर्कतापत्र दिने निर्णय गरेको थियो । यस्तै १५ प्रतिशतभन्दा कम खट्नेलाई भने स्पष्टीकरण पत्र दिएर कारवाही गर्ने निर्णय माओवादीले गरेको थियो ।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा को–को उत्कृष्ट भए प्रत्येक प्रदेशका तीन जना र सबभन्दा नराम्रो गर्ने तीन जनाको नाम प्रस्तुत गर्न भनेका छन् ।

बिहीबार बसेको बैठकमा रुपान्तरण अभियानको मूल्यांकन, नयाँ अभियान सञ्चालनकाल लागि योजना र संगठनात्मक जिम्मेवारी हेरफेरको एजेन्डामा छलफल सुरु गरेको छ । बैठक शुक्रबार पनि बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?