+
+

भरतपुर अस्पतालका चिकित्सकलाई दर्ता नभएका भिटामिन सिफारिस नगर्न चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ८:२६

१८ फागुन, चितवन । चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्यूट्रास्यूटिकल्स (भिटामिन) र फूड सप्लिमेन्टहरु बिरामीलाई प्रेस्क्राइब गर्न बन्देज गरेको छ ।

चिकित्सकहरुलाई कुनै पनि बिरामीलाई यस्ता सप्लिमेन्टहरु सिफारिस गरेर किन्न बाध्य नपार्न सूचना नै जारी गरेको छ ।

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले बिहीबार सूचना जारी गरी यस्ता वस्तु प्रेस्क्राइब नगर्न भनेका छन् ।

अस्पतालको औषधि तथा उपचरात्मक समिति (ड्रग एण्ड थेराप्यूटिकल कमिटी) को निर्णय अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख गरिएकोछ ।सूचना अवज्ञा गरेमा कारबाही गर्ने चेतावनी अस्पतालले दिएको छ ।

नेपालमा अवैध रुपमा विदेशबाट आयात गरिएका भिटामिनहरु कतिपय चिकित्सकले आर्थिक प्रलोभनमा परेर बिरामीलाई लेख्दै आएका छन् ।

नेपालमा बर्सेनि यस्ता सप्लिमेन्टहरुले २२ अर्बभन्दा बढीको व्यापार गर्ने गरेको नेपाली औषधि उत्पादक कम्पनीहरुले जनाउँदै आएका छन् ।

नेपाली कम्पनीहरुलाई यस्ता वस्तुहरू उत्पादन गर्न कानुनी समस्या छ तर, भारतलगायतका देशबाट यस्ता सप्लिमेन्ट्सहरु जथाभावी भित्रिने गरेका थिए ।

गैरकानुनी रुपमा आउने यस्ता सप्लिमेन्टहरुको अनुगमन सरकारले गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?