+
+

‘आईएमई पे’ मार्फत रिफन्डेबल हवाई टिकट प्रयोग गर्नेको संख्या बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:५४

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट  ‘आईएमई पे’ ले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक हवाई टिकट  काट्नेको संख्या वृद्धि हुँदै गएको छ ।

यस फिचरबाट प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा ‘आईएमई पे’ ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार ‘आईएमई पे’ एप मार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट-रिफन्डेबल फिचर पनि पाउन सक्छन् ।

‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?