+
+

आईसीसीका अध्यक्ष ग्रेगले प्रधानमन्त्री प्रचण्डलाई भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १३:०४

७ चैत, काठमाडौं । नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले आज प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डलाई भेट्दैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदम खड्काका अनुसार ग्रेग बार्कले र प्रचण्डबीच दिउँसो साढे दुई बजे भेट हुनेकार्यकम छ । त्यसअघि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठसँग दिउँसो १ बजे भेट्ने कायर्कम्र छ । अर्थमन्त्री वर्षमान पुनसँग पनि भेट गर्नेछन् । तर अर्थमन्त्रीसँग समय भने पक्का भएको छैन ।

मंगलबार बार्कले टीयु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान निरिक्षण गरेका थिए । दुवै मैदान बातावरणीय रुपमा राम्रो भएको बताउँदै सरकारले थप भौतिक संरचनामा लगानी गर्नुपर्ने बताएका थिए ।

सोमबार नेपाल आएका उनी शुक्रबार फर्किनेछन् । आइतबार भारतमा सम्पन्न वुमन्स प्रिमियर लिगको फाइनलपछि उनी नेपाल हुँदै फर्किन लागेका हुन् । नेपालले २०२७ मा महिला यू१९ विश्वकपको सह आयोजकको जिम्मा पाएको छ । बंगलादेश र नेपालमा यू१९ विश्वकपका खेलहरु हुनेछन् ।

उक्त विश्वकपको लागि नेपालको टीयु र मुलपानी मैदान निरिक्षण गर्न उनी नेपाल आएका हुन् । त्यसक्रममा सरकारका विभिन्न उच्चतहका ब्यक्तिसँग पनि भेटेर नेपाली क्रिकेट विकासमा सल्लाह र सुझाव लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?