+
+

‘आईएमई पे’ बाट रेमिट्यान्स पाउँदा ५०० रुपैयाँसम्म बोनस पाइने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १९:१४

काठमाडौं । ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राम मार्फत पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

मनिग्राम बाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम  ‘आइएमई पे’ बाट प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

१० फागुनदेखि सुरु भएको यो अफर २ महिनासम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?