+
+

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सञ्चालक समितिको चुनाव स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १८:०३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सञ्चालक समितिको चुनाव स्थगित भएको छ ।

सर्वोच्च अदालतले मतदानको कार्य यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै चुनाव स्थगित भएको बैंकले जनाएको छ ।

बैंकले चैत २० गते ३७ औं वार्षिक साधारणसभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालक चुनावमार्फत चयन गर्ने कार्यक्रम तय गरेको थियो ।

बैंकले यसअघि सार्वजनिक सूचना जारी गरेर सञ्चालक समितिमा कुल ६ जना चयन गर्नका लागि निर्वाचन गर्ने कार्यतालिका तय गरेको थियो ।

तर सर्वोच्चको आदेशपछि हाललाई चुनावी कार्यतालिका स्थगित गरिएको कम्पनी सचिव मनिषकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?