+
+

चार विद्युत् आयोजनामा १ खर्ब लगानी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १३:२९

२२ चैत, काठमाडौं । लगानी बोर्डले विभिन्न चार विद्युत् आयोजनामा १ खर्ब रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औं बैठकले ९९ अर्ब २० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको हो ।

बोर्डका अनुसार १ सय ६६ मेगावाटको सुपर तमोर जलविद्युत् आयोजनामा ३४ अर्ब ५९ करोड रुपैयाँको लगानी स्वीकृत भएको हो ।

१ सय ४२ मेगावाटको अपर मोदी जलविद्युत् आयोजनामा १० अर्ब ८ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । २ सय ५० मेगावाटको साइमन सोलार इनर्जीका लागि २१ अर्ब १० करोड बराबर लगानी स्वीकृति भएको छ ।

उता, लोअर मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि समेत ३३ अर्ब ४१ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको लगानी बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?