+

गर्मीयाममा अपचको समस्या किन हुन्छ ?

२०८० चैत  २३ गते १२:११ २०८० चैत २३ गते १२:११
Shares
गर्मीयाममा अपचको समस्या किन हुन्छ ?

खाना पचाउनमा रक्तसञ्चारको खास भूमिका हुन्छ । रक्तसञ्चारले नै पेटमा खानेकुरा सोस्न र पचाउन मद्दत गर्छ । तर यो पाचनक्रिया गर्मीयाममा धीमा हुन पुग्छ ।

किनभने मौसमी प्रभावले जब शरीरको तापमान बढ्छ, त्यसलाई सन्तुलनमा राख्नका लागि रक्तप्रवाह अरुतिर पनि सक्रिय हुनुपर्छ । यसको असर पाचन प्रणालीमा पर्छ । नतिजा, खानेकुरा सहज रुपमा पच्दैन । त्यसबाहेक अरु कारण छन्, जसले गर्दा गर्मीमा अपच हुन्छ ।

पानीको अपुग हुनु

गर्मीबाट शीतलता दिनका लागि शरीरको प्रतिरोधी संयन्त्रले पसिना उत्पादन गर्छ । यस्तो अवस्थामा शरीरमा पर्याप्त पानी जरुरी हुन्छ । जब पानीको अपुग हुन्छ, त्यसले पाचनयन्त्रमा असर गर्छ । खासगरी खानेकुरा टुक्राउने र सोस्ने क्रियामा बाधा पुग्छ ।

मसालेदार खाना

मसालेदार र बोसोयुक्त खानेकुराले शरीरको तापक्रम बढाउँछ । यसले गर्दा रक्तसञ्चार पेटमा केन्द्रित हुन पाउँदैन र पाचन क्षमता कमजोर हुन्छ ।

जंकफुड

जंकफुडमा क्यालोरीको मात्रा बढी र पोषणको कमी हुन्छ । यस्तो खानेकुरा यसै पनि पचाउन सहज हुँदैन ।

कसरी बच्ने ?

-गर्मीयाममा पुग्दो पानी पिउनुपर्छ । झोलिलो खानेकुरामा खानुपर्छ ।

-पाचनक्रियालाई भार पार्ने किसिमको माछामासु, चिल्लो खानेकुरा सकेसम्म कम खानुपर्छ ।

-सहजै पच्ने, फाइबरयुक्त सागसब्जी र फलफूल बढी खानुपर्छ ।

-खानेकुरा खाँदा राम्ररी चपाएर खाने ।

-दही जस्ता प्रोबायोटिकले खानेकुरा पचाउन सहयोग गर्छ ।

-शारीरिक गतिविधि र व्यायामले पनि पाचनलाई सक्रिय गराउँछ ।

-बिहानको समयमा पचाउने क्षमता बढी हुन्छ र क्रमश: धीमा हुँदै जान्छ । सोही अनुरुप खानाको मात्रा पनि बिहान पुग्दो र पछि क्रमश: घटाउँदै लैजानुपर्छ ।

-चिया, कफी जस्ता क्याफिनेटेड पेय, चुरोट, रक्सीको मात्रा घटाउनुपर्छ ।

अपच गर्मीयाम प्रा. डा. विधाननिधि पौडेल स्वास्थ्य
डा. विधाननिधि पौडेल
लेखक
डा. विधाननिधि पौडेल
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १४३६ एमबीबीएस, एमडी रसिया ग्यास्ट्रोएन्टेरोलजी र हेपाटोलोजी (रसिया) साढे तीन दशकको अनुभव, हाल निजामती कर्मचारी अस्पताल काठमाडौंका कार्यकारी निर्देशक तथा वरिष्ठ कन्सल्टेन्ट ग्यास्ट्रोएन्टेरोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

मनसुनमा दमका बिरामीलाई हुनसक्छ समस्या, कसरी जोगिने ?

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

भावनात्मक बुद्धिमत्ता : व्यक्ति, समाज र राष्ट्र स्वस्थ रहने आधार

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

पोस्टपार्टम डिप्रेसन : बच्चा जन्मिएपछि आमाको मनमा आउने अदृश्य पीडा

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

‘किमोथेरापी’ राक्षसजस्तै हो भन्ने सोच हाम्रो समाजमा छ, त्यो भ्रम रहेछ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए शपथ

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, कुनमा को ?