+

बच्चाले झुटो बोल्नुका ४ कारण

२०८० चैत  २७ गते १३:१३ २०८० चैत २७ गते १३:१३
बच्चाले झुटो बोल्नुका ४ कारण

बच्चाहरुले कतिपय अवस्थामा झुटो बोलिरहेका हुन्छन् । जानी नजानी सबै बच्चाले कुनै न कुनै बेला झुटो बोल्छन् । कति अभिभावकले बच्चाले झुटो बालेकै कारण कुटपिटसमेत गर्छन् ।

बच्चाहरुले झुटो किन बोल्छन् त ? यसका मुख्य चार कारण छन् ।

डर

बच्चाहरुले झुटो बोल्नुको मुख्य कारण डर हो । कहिलेकाहीं साँचो बोल्दा अभिभावकले गाली गर्ने डर हुन्छ । पिट्छन् कि भन्ने डर हुन्छ र अन्य कुनै सजाय दिने डरले झुटो बोलिरहेका हुन्छन् । कतिपय अभिभावकले बच्चालाई केही गल्ती गरेमा गाली गर्ने र कुटपिट गर्ने बानी छ भने पनि बच्चाले झुटो बोल्छन् ।

उनीहरुले आफूलाई बचाउन झुटको सहारा लिने गर्छन् । स्कुलमा कलम वा कापी हराएमा पनि झुटो बोल्छन् । त्यसैले बच्चालाई धेरै डर देखाउनु हुँदैन ।

केही पाउने आशमा

प्रायजसो बच्चाले केही पाउने इच्छा भएमा पनि झुटो बोल्ने गर्छन् । किनभने बच्चाले सिधै यो चाहियो भनेर आमाबुवासँग माग गर्दा सहजै किनिदिंदैन, जसकारण उनीहरुले झुटो बोल्छन् । जस्तै, बच्चाले आफूलाई मनपर्ने कार्टुन भएको ब्याग, टिफिन बक्स, नयाँ लुगा वा जुत्ता चाहिएमा झुटो बोल्छन् । उदाहरणका लागि कतिपय बच्चाले नयाँ जुत्ता चाहिएमा जुत्ता नहराए पनि हरायो भन्ने, जुत्ता नच्यातिए पनि च्यातियो भनेर झुटो बोल्ने, जुत्ता च्यातिएकाले स्कुलमा गाली गर्‍यो भनेर झुटो बोल्ने गर्छन् ।

अभिभावकको झुटो बोल्ने बानी

बच्चाले झुटो बोल्न आमाबुवाको सिको गरेका पनि हुन्छन् । धेरैपटक आमाबुवाले बच्चाको अगाडि कुनै कारणले अरुसँग कुराकानी गर्दा झुटो बोलेको देखेर पनि उनीहरु सिक्नछन् । किनभने छोराछोरीको पहिलो स्कुल घर मानिन्छ भने पहिलो गुरु आमाबुवा मानिन्छ । त्यसैले बच्चाहरु धेरै समय आमाबुवासँगै हुने भएकाले उनीहरुले अभिभावकको केही बानी देखासिकी गरेका हुन्छन् । त्यसैले सकेसम्म बच्चाको अगाडि झुटो बोल्नु हुँदैन ।

अपोजिस्नल डिफिएन्ट डिसअर्डर भएमा

अपोजिस्नल डिफिएन्ट डिसअर्डर (ओडीडी) समस्या भएमा पनि बच्चाले झुटो बोल्न सक्छ । ओडीडीको समस्या भएका बच्चाले बारम्बार झुटो बोल्न सक्छन् । तर एक-दुईचोटि झुटो बोल्दैमा ओडीडी भएको हुँदैन । ६ महिनासम्म निरन्तर झुटो बोलेमा, रिस उठ्ने, चिडचिडा हुने, सामान फुटाउने, चोरी गर्ने जस्ता अन्य लक्षण देखिएमा बच्चालाई ओडीडीको समस्या हुनसक्छ । त्यस्तै अन्य मानसिक समस्याका कारणले पनि बच्चाहरु झुटो बोल्न सक्छन् ।

झुटो बोल्नु डा. अमित झा बालबालिका
डा. अमित झा
लेखक
डा. अमित झा
बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सक

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १६२१३ एमबीबीएस, एमडी (मनोचिकित्सक), डीएम (बालबालिका तथा किशोरकिशोरी मनोचिकित्सा) कान्ति बाल अस्पताल र सिनर्जी माइन्ड क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?