+
+

रजनीकान्तदेखि थलापति विजयसम्म : भारतको लोकसभा चुनावमा स्टारले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते १२:०७

काठमाडौं । भारतीय लोकसभा चुनावअन्तर्गत पहिलो चरणको मतदान शुक्रबारदेखि सुरु भएको छ । २१ राज्यको कुल १०२ सिटमा मतदान भइरहेको छ । मतदान भएका ठाउँमा भारतीय कलाकारले उत्साहजनक रुपमा भाग लिएका छन् ।

तमिलनाडुमा मतदान हुने बित्तिकै दक्षिण भारतीय स्टारले पनि मतदाताको भूमिका निर्वाह गरे । सुपरस्टार रजनीकान्त, अभिनेता धनुष, अजितकुमार, थलापति विजय लगायतका स्टारले भोट हालेको देखिएको छ । उनीहरुले फ्यानलाई समेत भोट हाल्न अपील समेत गरेका छन् ।

भाइरल भिडियोमा रजनीकान्तलाई शुक्रबार बिहान चेन्नईको एक मतदान केन्द्रमा ठूलो संख्यामा प्रहरी तैनाथीको बीचमा पुगेको देख्न सकिन्छ । रजनीकान्तको उपस्थिति हुने बित्तिकै स्थानीय बासिन्दा वरपर झुम्मिएका थिए ।

रजनीकान्तले भोट हाल्दै मिडियालाई पोज दिइरहेका थिए । उनले फ्यानलाई जिम्मेवारीपूर्वक मतदान गर्न र नेता छान्ने अधिकारको प्रयोग गर्न पनि आग्रह गरे । अभिनेताका तस्वीर र भिडियो पनि निकै भाइरल भइरहेका छन् ।

धनुष पनि मतदान केन्द्रमा पुगेको देखियो । उनी कारबाट निस्कने बित्तिकै पुलिसले घेरेर उनलाई मतदान केन्द्रतिर जान सघायो । स्थानीय बासिन्दा आफ्नो क्षेत्रका स्टार देखेर उत्साहित भए । उनलाई प्रशंसक र मिडियाले घेरे ।

तमिल अभिनेता अजित कुमार र शिवकार्तिकेयनले बिहान चेन्नईमा भोट हालेका थिए । सुपरस्टार थालापथी विजयले हरेक पटक चुनावमा आफ्नो मताधिकार प्रयोग गर्छन् ।

यी अभिनेताले रुसमा छायांकन भइरहेको आगामी फिल्म ‘गोट : ग्रेटेस्ट अफ अल टाइम’को छायांकनबाट विश्राम लिएर फर्किएका हुन् । उनी भोट हाल्न भारत फर्किएको बताइएको छ । अभिनेताको यो कदमको फ्यानले प्रशंसा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?