+

‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

२०८१ जेठ  २ गते ११:०७ २०८१ जेठ २ गते ११:०७
‘कलेजोमा बोसो जम्यो, अब के गर्ने ?’

कलेजोमा बोसो जम्यो, के गरौं ? यो आम प्रश्न हो अहिलेको सन्दर्भमा । खराब खानपान र जीवनशैलीको सोझो भार कलेजोमा परेको छ । अनावश्यक र अस्वस्थकर खानपान, ऐश आरामको जीवनशैलीले गर्दा कलेजोमा बोसो जम्न थालेको छ । यो सामान्य कुरा होइन ।

तथ्यांकअनुसार कलेजोको क्यान्सर अथवा कलेजो फेल गराउने तेस्रो प्रमुख कारणको कलेजोमा बोसो (फ्याटी लिभर) हो । विश्वभर कलेजो प्रत्यारोपणको सूचीमा तेस्रो कारकको रुपमा कलेजोमा बोसो जम्नु अर्थात् फ्याटी लिभर देखाएको छ । यसलाई समयमा उपचार गर्न सकिएन भने लिभर सिरोसिस अर्थात् कलेजो फेल हुनसक्छ । यसको समस्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

प्रायजसो शरीरको बोसोको मात्रा ३३ प्रतिशत भन्दा बढी हुँदा कलेजो बोसो जम्ने हुन्छ । यो अल्कोहलिक फ्याटी लिभर अर्थात् नियमित रुपमा मादकपदार्थ अर्थात् रक्सी सेवन गर्ने, मोटोपन भएका र मधुमेह भएका व्यक्तिलाई फ्याटी लिभरको जोखिम हुन्छ ।

थाइराइड, नसासम्बन्धी औषधि, डिप्रेसनको औषधि सेवन गर्ने व्यक्तिमा पनि तौल बढ्ने सम्भावना हुन्छ । यस्ता बिरामीलाई फ्याटी लिभरको जोखिम हुन्छ । साथै मधुमेहको समस्या छ भने मोटो नभएपनि फ्याटी लिभरको जोखिम हुन्छ ।

के कलेजोमा बोसो जमेको थाहा हुन्छ ?

फ्याटी लिभरको सुरुवाती चरणमा कुनै लक्षण देखिंदैन । अन्य कुनै स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार भिडियो एक्सरे र सिटी स्क्यान गर्दा फ्याटी लिभर देखिने हुन्छ । त्यसैले मोटोपन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचापको समस्या भएको व्यक्तिले समय-समयमा स्वास्थ्य जाँच गराइरहनुपर्छ ।

अब के गर्ने त ?

फ्याटी लिभरको पहिलो र एक मात्र उपचार हो तौल नियन्त्रण गर्नु । यसलाई नियन्त्रण गर्न खानपानमा विशेष ध्यान दिनुपर्छ ।

दैनिक खाने खानेकुरामा कार्बोहाइड्रेटको मात्रा कम गर्ने र प्रोटिन तथा राम्रो फ्याटको सेवन गर्ने गर्नुपर्छ । अनस्याच्युरेटेड फ्याटलाई स्वस्थकर फ्याट भनिन्छ । यो दुई  प्रकारका हुन्छन्, मोनो अनस्याचुरेटेड फ्याट र पोलिअनस्याचुरेटेड फ्याट । जुन बिरुवा र त्यसबाट बनेको तेलबाट प्राप्त हुन्छ । यसलाई दैनिक खानपिनमा समावेश गर्नुपर्छ । यसले रगतमा राम्रो कोलेस्टेरोललाई नियन्त्रण गरेर नराम्रो कोलेस्टेरोल घटाउने तथा बढ्न नदिने काम गर्छ ।

फाइबरयुक्त खानेकुरा जस्तै हरियो सागसब्जी, मौसमी फलफूल, सलाद बढी खानुपर्छ । यसले खानालाई पचाउन सहयोग गर्छ । कम क्यालोरीयुक्त खानेकुरा खानुपर्छ ।

दिनमा एक घण्टा व्यायाम जस्तै हिंडडुल, एरोबिक, जिम गर्नुपर्छ भने प्रशस्त मात्रामा पानी पउने गर्नुपर्छ । यसले शरीरमा क्यालोरी खपत गरेर शरीरमा बोसो जम्न दिंदैन ।

खानेकुरा एकैचोटि धेरै नखाइकन समय-समयमा थोरै थोरै खाने बानी गर्नुपर्छ । यी सबैले मोटोपनको समस्याबाट जोगाउन मद्दत गर्छन् ।

त्यस्तै कलेजोमा बोसो जम्न नदिन मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचापको समस्या भएकालाई फ्याटी लिभरको समस्या हुनसक्ने भएकाले उनीहरूले मधुमेह, उच्च रक्तचाप र मोटोपन नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ ।

यदि मोटोपनको समस्या छ भने तीनदेखि ६ महिनामा १० प्रतिशत तौल घटाउन सकेमा फ्याटी लिभर र गम्भीर लिभर सिरोसिसको समस्याबाट जोगिन सकिन्छ । यसबाहेक स्वस्थ खानपान, समयमा खाने, व्यायाम गर्ने, समयमा सुत्ने, तनावरहित हुनुपर्छ ।

यसरी तौल नियन्त्रण गर्न सकेमा कलेजोको क्यान्सर र कलेजो फेल हुने जोखिमबाट बच्न सकिन्छ ।

मोटोपन भएको तर मधुमेहको समस्या नभएका बिरामीलाई भिटामिन ई चलाउन सकिन्छ । यसले केही हदसम्म राम्रो गर्छ । भिटामिन ईले शरीरमा एन्टिअक्सिडेन्टजस्तै काम गर्छ र हानिकारक कणबाट कोषिकालाई बचाउँछ । यसबाहेक कुनै औषधि उपचार छैन ।

यदि समस्या अधिक गम्भीर भए डाक्टरलाई जाँच गराउनुपर्छ र यसलाई सही औषधिको मात्राले पनि कम गर्न सकिन्छ ।

हिजोआज शरीरमा बोसो निकाल्ने शल्यक्रिया पनि गरिन्छ । तर यो केही गरेर पनि तौल घटाउने वा नियन्त्रण गर्न सकिएन भने मात्र अन्तिम विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । नभए स्वस्थ खानपान र जीवनशैली सुधार्न खोज्ने र चिकित्सकको सल्लाहअनुसार तौल घटाउने औषधि प्रयोग गर्न सकिन्छ ।

तर हिजोआज मानिसहरुलाई निःशुल्क रुपमा तौल घटाउन खानपिनमा नियन्त्रण गर्ने, दिनमा एक-डेढ घण्टा हिंडडुल गरेर गर्न सकिन्छ । तर आजभोलि तौल घटाउन औषधि सेवन र शल्यक्रिया गर्नेतर्फ झुकाव बढी देखिन्छ ।

कलेजो डा. अखिलेश कश्यप मोटोपन
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बालबालिकामा कब्जियतको कारण र उपचार

बालबालिकामा कब्जियतको कारण र उपचार

पुरूषको छाती महिलाको स्तनजस्तै हुनुको कारण र समाधान

पुरूषको छाती महिलाको स्तनजस्तै हुनुको कारण र समाधान

ब्रेकफास्टबारे ठूलो द्विविधा : अनिवार्य खानैपर्छ कि आवश्यक छैन ?

ब्रेकफास्टबारे ठूलो द्विविधा : अनिवार्य खानैपर्छ कि आवश्यक छैन ?

कस्तो अवस्थामा रेबिजविरुद्ध सुई लगाउने ?

कस्तो अवस्थामा रेबिजविरुद्ध सुई लगाउने ?

एन्जाइटीको कारण हुनसक्छ प्यानिक अट्याक 

एन्जाइटीको कारण हुनसक्छ प्यानिक अट्याक 

आजका वयस्कले गर्ने व्यवहारसँग जोडिएको हुन्छ बालबालिकाको भविष्य

आजका वयस्कले गर्ने व्यवहारसँग जोडिएको हुन्छ बालबालिकाको भविष्य