+

मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

२०८१ जेठ  १८ गते १३:४० २०८१ जेठ १८ गते १३:४०
Shares
मधुमेहका बिरामीले आँप खान हुन्छ कि हुँदैन ?

अहिले बजारमा आँपको सिजन छ । मौसम अनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक पनि मानिन्छ । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्त्व पनि मिल्छ । जस्तो- भिटामिन ए, भिटामिन बी । तर मधुमेहका बिरामीले आँप खान हुँदैन भनेको सुनिन्छ ।

संसारका सबै खानेकुरा अमृत हो र सबै खाना विष पनि हो, खाना राम्ररी खान जान्यो भने त्यो अमृत हो र खान जानेन भने विष हो । आँपको सिजनमा आँप खानु राम्रो हो तर आँपै मात्र खानु भने नराम्रो हो ।

मधुमेहको समस्या भएका व्यक्तिले आँप खानै हुँदैन भन्ने सुनिन्छ तर त्यो कुरा गलत हो । मधुमेहको समस्या भएका व्यक्तिले पनि आँप खान हुन्छ । तर कति मात्रामा खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने हुन्छ ।

आँप खाएको बेला अन्य खानेकुरामा ध्यान दियो भने खासै समस्या हुँदैन । गर्भावस्थामा हुने मधुमेहमा पनि आँप खान मिल्छ तर सन्तुलित मात्रामा, डाइटिसियनसँग विशेष परामर्श लिएर खाँदा प्रभावकारी हुन्छ ।

आँपमा उच्च ग्लाइसेमिक इन्डेक्स (रगतमा चिनीको स्तर बढाउने तत्त्व) धेरै हुने भएकाले थोरै मात्रामा खाँदा बिरामीलाई लाभदायक हुन्छ । ५५ भन्दा कम ग्लइसेमिक इन्डेक्स भएका चीजहरू मधुमेह रोगीका लागि राम्रो मानिन्छ । आँपमा ५० देखि ५५ ग्लाइसेमिक इन्डेक्स हुन्छ । यस्तोमा मधुमेहको बिरामीले दिनमा एक वा आधा आँप खान मिल्छ । यसले धेरै मात्रामा सुगर बढाउँदैन । शरीरको मेटाबोलिक दर दिनको समयमा राम्रो रहने भएकाले आँप दिउँसो खानु गर्नु राम्रो हुन्छ ।

मधुमेहको बिरामीले आँप खाँदासँगै फाइबरयुक्त खानेकुरा पनि खानु राम्रो हुन्छ । जस्तो आँप खानुअघि बदाम, ओखर जस्ता ड्राइफुड खानुपर्छ । ड्राइफुडका साथै भुटेको आलस, फर्सीको बिया जस्ता तेलहन खानु पर्छ । जसले खानामा सन्तुलन मिल्छ र अचानक ग्लुकोज लेबल बढ्दैन । आँप खाएर सुगर बिग्रिने भन्ने होइन । कति मात्रामा खाने भन्ने मुख्य कुरा हो । चाहिनेभन्दा बढी खानु भएन ।

सामान्य व्यक्तिले कति आँप खाने ?

एक वयस्क व्यक्तिले दैनिक एकदेखि दुईवटा मध्यम आकारको आँप खानु स्वास्थ्यको दृष्टिकोणले लाभदायक हुन्छ । साना केटाकेटी, ज्येष्ठ नागरिक, पाचन प्रणाली कमजोर भएका व्यक्तिले आँप खाँदा एक-दुई चानादेखि बढीमा एउटा सिंगै पनि खान मिल्छ । मोटोपन भएका व्यक्तिले भने अन्य सामान्य व्यक्तिको तुलनामा कम आँप खानुपर्छ ।

सामान्य मान्छेले धेरै मात्रामा आँप खाँदा सुगर लेबल बढ्दैन, किनभने त्यसलाई हाम्रो शरीरले नै व्यवस्थापन गर्न सक्छ । तर मधुमेहको बिरामीको शरीरले भने त्यो आँपमा भएको सुगरलाई व्यवस्थापन गर्न नसक्ने भएकाले रगतमा गएर मिसिन्छ । सामान्य मान्छेले भने आँप, केरा र सुन्तला जस्ता गुलिया फलफूल मात्रा मिलाएर खाँदा पनि शरीरले नै त्यसलाई व्यवस्थापन गर्ने भएकाले सुगर लेबल बढ्दैन । तर धेरै आँप खाँदा त्यसमा भएको हाइ क्यालोरीले गर्दा आलस्य हुने निद्रा लाग्ने भने हुन्छ ।

सामान्य व्यक्तिले उचित मात्रामा आँप खान मिल्छ तर खाली पेटमा या खाना खानुअघि धेरै आँप खाँदा त्यसमा भएको हाई क्यालोरीले गर्दा सुगर लेबल बढ्न सक्छ ।

कस्तो आँप खानु हुँदैन ?

अहिले आँपको सिजन भएकाले बजारमा विषादी प्रयोग गरेर पकाइएका आँप छ्यापछ्याप्ती भेटिन्छन् । रासायनिक रूपमा पाकेको आँपको सेवनले विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ । त्यसैले सुरुमा त आँप किन्ने बेलामै सचेत हुनुपर्छ ।

सामान्यतया धेरै आँपको आकर्षक रङ हेरेर त्यसको आधारमा आँप किन्ने गर्छन् । तर रङकै आधारमा त्यसमा रसायन प्रयोग भएको छ कि छैन भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ । आँप प्राकृतिक रूपमा पाकेको छ भने यसको रङ हल्का पहेंलो र हरियो हुन्छ । रसायनले पकाएको आँप भने गाढा पहेंलो रङको हुन्छ ।

आँपमा रहेको दागले पनि यसको रासायनिक मिसावट भएको संकेत दिन सक्छ । कतिपय आँपमा नीलो, कालो वा सेतो दाग देखिन सक्छ । यस्ता आँप किन्नु हुँदैन । केमिकलका कारण यस्तो दाग देखिएको हुन्छ । रसायन हालेर पकाइएको आँप प्राकृतिक रुपमा पाकेकोको तुलनामा कम गुलियो र कम स्वादिष्ट हुन्छ ।

आँप मधुमेह स्वास्थ्य
मोदनाथ पौडेल
लेखक
मोदनाथ पौडेल
पोषणविद्

पौडेल पोषणविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

‘असल नियतले गरिएको उपचारलाई अपराधसँग जोड्न हुँदैन’

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

फुटबल खेलाडी सनम विकको उपचारका लागि २२ लाख ५३ हजार संकलन

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

सडक किनारमा हुने पार्थेनियमको झार प्रकोप : छालाको रोगको मौन महामारी

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

स्वास्थ्य मन्त्रालयको नाममा जोडिएका थरीथरीका पुच्छर : २००७ सालदेखि २०८३ सम्म

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली

बारम्बार कान पाक्छ ? समयमै उपचार नगर्दा फाट्न सक्छ जाली