+

भोक लाग्दा रिस किन उठ्छ ?

२०८१ जेठ  २५ गते ११:२५ २०८१ जेठ २५ गते ११:२५
भोक लाग्दा रिस किन उठ्छ ?

काठमाडौं । भोक लाग्नु एक शारीरिक प्रक्रिया हो । जब भोक लाग्छ,सबै काम छोडेर पहिले खानामा ध्यान जान्छ । कतिपय मानिस यस्ता हुन्छन् जसलाई भोक लागेपछि रिस उठ्छ । आखिर त्यस्तो किन हुन्छ ?

अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका अनुसन्धान विद्यार्थी जेनिफर म्याककोर्म्याक भन्छिन्, ‘हामी सबैलाई थाहा छ कि जब हामीलाई भोक लाग्छ कहिलेकाहीं हाम्रो भावना र मानिसहरुप्रतिको हाम्रो विचारमा पनि असर पर्छ । हालै ‘ह्याङ्गर’ शब्द थपिएको छ ।  अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले स्वीकार गरेको छ, जसको अर्थ भोकको कारण रिस उठ्नु हो ।’

लामो समयसम्म भोकै बसियो भने रगतमा चिनीको मात्रा घट्छ । यसरी  शरीरमा चिनीको मात्रा कम हुँदा किन कम भयो ? केही खतराको संकेत पो हो कि भनेर मस्तिष्कले सोच्छ र त्यसपछि शरीरले ग्लुकोजको स्तरलाई सामान्य स्तरमा बढाउन एड्रिनल हर्मोन निकाल्छ । तर यो कुनै खतरा नहुँदा त्यो अतिरिक्त ऊर्जा झर्को लाग्ने रिस उठ्ने समस्यामा परिणत हुन सक्ने मनोचिकित्सक रचना शर्मा बताउँछिन् ।

‘हाम्रो शरीरलाई र मस्तिष्कलाई ऊर्जा चाहिन्छ जुन खानाबाट प्राप्त हुन्छ । शरीरको प्रत्येक कोषिकाले ऊर्जाको माग गर्छ,’ उनी भन्छिन्, ‘जब हाम्रो शरीरलाई सही समयमा सही पोषक तत्त्वहरू प्राप्त हुँदैन, तब शरीर तथा मस्तिष्कले विभिन्न प्रतिक्रिया देखाउन थाल्छ, त्यसमध्येको एक रिस उठ्ने पनि हो,’ उनले भनिन् ।

रगतमा ग्लुकोजको कमीले मस्तिष्कको कार्यमा अवरोध पुर्‍याउन सक्छ, जसले एकाग्रतामा कठिनाइ, मुड स्वीङ,  झर्को लाग्ने र रिस उठ्ने अवस्था सिर्जना हुने हर्मोन रोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् ।

‘शरीरमा जब चिनीको मात्रा कम हुन्छ, तब शरीरमा कार्डिसोल तथा एड्रिनल नामक हर्मोनको मात्रा अचानक बढ्छ । जसकारण तनावको अनुभूति हुन्छ,’ उनी भन्छन्, ‘कार्डिसोल तथा एड्रिनल नामक हर्मोनको सिधा सम्बन्ध तनाव तथा आक्रोशसँग हुन्छ । जसकारण रिस उठ्ने हुन्छ ।’

भोक लाग्ने बित्तिकै यसलाई बेवास्ता गर्नुको सट्टा सन्तुलित आहार खानुपर्छ । सही तरिका र सही समयमा खाना खाँदा मुड, व्यवहार र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने मनोचिकित्सक शर्मा बताउँछिन् ।

‘केही खानेकुरा शरीरमा पुगेपछि पाचन प्रक्रियाले काम गर्न थाल्छ । पोषक तत्त्वहरू रगतमा पुग्छन् र त्यसपछि शरीरको हरेक भागमा पुग्छन् । यसले ऊर्जा दिन्छ र आराम महसुस हुन्छ,’ उनी भन्छिन् ।

भोक रिस स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

गर्भावस्थामा हेयर स्मुदनिङ र स्ट्रेटनिङ गराउन मिल्छ ?

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग