+

बच्चा जन्मिएपछि महिलाको यौनाङ्गमा आउनसक्छ परिवर्तन, के छ उपचार ?  (भिडियो)

२०८१ असार  ३ गते १३:५७ २०८१ असार ३ गते १३:५७
Shares
बच्चा जन्मिएपछि महिलाको यौनाङ्गमा आउनसक्छ परिवर्तन, के छ उपचार ?  (भिडियो)

गर्भावस्था प्राकृतिक प्रक्रिया हो । तर गर्भावस्थाको समयमा महिलाको शरीरमा विभिन्न प्रकारको परिवर्तन आउँछ । यो बेला धेरै प्रकारको हर्मोनल परिवर्तन हुन्छ । गर्भावस्थासँगै प्रसवपछि महिलाको शरीरको विभिन्न अंगमा धेरै परिवर्तन आउँछ । शरीरको परिवर्तनसँगै यौनाङ्गमा पनि परिवर्तन हुन्छ ।

लामो समय व्यथा लागेको, ठूलो बच्चा जन्मिएको, उपकरणको सहायताबाट सुत्केरी गराउनु परेको खण्डमा महिलाको यौनाङ्गमा थप परिवर्तन आउन सक्छ ।

सामान्य प्रसवपछि परिवर्तन भएको शरीर र खुकुलो भएको यौनाङ्ग ६ हप्ताभित्रमा बिस्तारै गर्भपूर्वको अवस्थामा फर्किंदै जान्छ । तर कतिपय महिलाहरूमा भने विभिन्न कारणले गर्दा शरीरको अङ्ग पुरानो अवस्थामा फर्किन सक्दैन ।

यौनाङ्गको परिवर्तन

प्रसवको बेला सबै कुरा सामान्य भएर केही जटिलता नभएपनि विभिन्न हर्मोनल परिवर्तनले महिलाको यौनाङ्गमा परिवर्तन हुन्छ । त्यस्ता परिवर्तनकै कारण महिलामा पिसाब चुहिने समस्या पनि देखा पर्न सक्छ ।

धेरै बच्चा जन्माएका महिलालाई पिसाब चुहिने समस्याले झन् धेरै सताउँछ । यो समस्या कतिपयमा प्रसवको ६ हप्तापछि आफैं समाधान हुन्छ भने कतिपयमा पछिसम्म पनि रहन्छ । उमेर बढ्दै गएपछि यो समस्या झन् बढ्दै जान सक्छ ।

यौन जीवनमा प्रभाव

प्रसवपछिका यी शारीरिक परिवर्तनलाई कसैले सामान्य रुपमा लिन्छन् । किनकि यसले उनीहरूको यौन जीवनमा पनि खासै समस्या ल्याउँदैन । तर कसैले भने यो परिवर्तनलाई सामान्य रुपमा लिन सक्दैनन् । परिवर्तनका कारण नै मेरो यौन जीवन बिग्रिने हो कि भनेर सोच्छन् । जसले गर्दा केही समस्या हुनसक्छ ।

यौनाङ्गलाई आकर्षक बनाउन जरुरी छ ?

खुकुलो भएको यौनाङ्गलाई सामान्य अवस्थामा फर्काउन पछिल्लो समय कस्मेटिक गाइनोकोलोजी तथा एस्थेटिक गाइनोकोलोजी प्रविधि पनि नेपालमा भित्रिएको छ ।

विश्वमा त यो धेरै प्रचलनमा छ । नेपालमा भने यो प्रविधि भित्रिएको एक वर्ष हुँदैछ । यो प्रविधिमा शल्यक्रिया र शल्यक्रियाविना खुकुलो भएको यौनाङ्गलाई कसिलो बनाउने गरिन्छ ।

यौनाङ्ग धेरै खुकुलो भएको कारण पिसाब चुहिने समस्या भएको छ भने कस्मेटिक शल्यक्रिया गरेर समाधान गर्न सकिन्छ । यौनाङ्गको आकारमा भएको परिवर्तनलाई मिलाउन पनि कस्मेटिक गाइनोकोलोजी उपयोगी हुन्छ ।

लेजरको माध्यमबाट खुकुलो भएको यौनाङ्गलाई कसिलो बनाउने, कालो भएको यौनाङ्गलाई सेतो बनाउन एस्थेटिक गाइनोकोलोजी उपयोगी हुन्छ । महिनावारी सुक्ने बेला र सुकिसकेपछि हर्मोनको गडबडीका कारण यौनाङ्ग सुक्खा हुने समस्या पनि देखिन्छ । त्यसको उपचार पनि लेजर मार्फत उपचार गर्न सकिन्छ ।

यो उपचार कति जटिल ?

यो समस्याको उपचार गर्नुपर्छ र उपचारको सजिलो उपाय नेपालमा छ भन्ने कुरा नै धेरैलाई थाहा छैन । थाहा भए पनि यौनाङ्गको समस्याबारे महिला कुरा नै गर्न हिच्किचाउँछन् ।

यौनाङ्ग खुकुलो भएको छ र त्यसलाई कसिलो बनाउने उपचार धेरै जटिल हुँदैन । शल्यक्रिया विना सहजै लेजर मार्फत उपचार गर्न सकिन्छ । तर आकारप्रकार नै परिवर्तन भएको यौनाङ्गलाई सामान्य अवस्थामा ल्याउन गरिने शल्यक्रिया भने अलि जटिल खालको हुन्छ ।

कति लाग्छ खर्च ?

एस्थेटिक गाइनोकोजोली शल्यक्रिया विना गरिने उपचार हो । त्यसैले लेजर गरेको भोलिपल्ट नै महिला सामान्य अवस्थामा फर्किन्छन् । यो उपचार गर्नका लागि ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म खर्च लाग्न सक्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

गाइने एस्थेटिक डा. रश्मी श्रीश महिला यौनाङ्ग
डा. रश्मी श्रीश
लेखक
डा. रश्मी श्रीश
प्रजनन् तथा आईभीएफ विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४३२५ अध्ययन : एमडी (स्त्री तथा प्रसूति रोग),  फेलोसिप इन फर्टिलिटी (भारत), कस्मेटिक (दुबई) हाल ललितपुर कुपण्डोलस्थित माया आईभीएफ क्लिनिक र काठमाडौं महाराजगञ्जस्थित एन्जेल फर्टिलिटी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?