+

सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

२०८१ असार  ११ गते १८:०३ २०८१ असार ११ गते १८:०३
Shares
सिरानी प्रयोग गर्ने तरिकाले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ ?

तपाईं कस्तो सिरानीको प्रयोग हुन्छ ? कोहीलाई सिरानी अग्लो मनपर्छ, कोहीलाई होचो, अनि अति पातलो, कसैलाई भने अत्याधिक मोटो । कोहीको त सिरानी विनै सुत्ने बानी हुन्छ ।

धेरैलाई थाहा नहुनसक्छ, सिरानीले पनि हाम्रो निद्राको गुणवत्तामा सिधा प्रभाव पार्छ । यदि सिरानी सही परेन भने गर्दन दुख्ने लगायत अन्य स्वास्थ्य समस्या ल्याउन सक्छ ।

गलत सिरानी कस्तोलाई मान्ने ?

जुन सिरानी प्रयोग गर्दा सहज महसुस हुँदैन । सो सिरानीलाई गलत  मान्न सकिन्छ । सिरानी सबैलाई एकैनासको अनुकूल हुन सक्दैन । जसकारण सिरानी तौल र शरीरिक बनावट अनुसारको प्रयोग गर्नुपर्छ ।

किनकि सुत्दा हाम्रो गर्दन र टाउकोको बीचमा अन्तर (ग्याप) हुन्छ । सो अन्तरमा अट्ने गरी सन्तुलन ल्याउने काम सिरानीको हुनुपर्छ । यस्तोमा यदि सिरानी अत्याधिक अग्लो, अति होचो पर्‍यो भने त्यसले गर्दन र टाउकोबीचको अन्तर भर्न सकिंदैन ।

त्यस्तै, कडाखालको सिरानी छ भने पनि सन्तुलन नमिलेर समस्या ल्याउँछ ।

के कस्ता समस्या आउँछ ?

गर्दन तथा घाँटी दुखाइ : सुत्दा गर्दन, टाउको र मेरुदण्डलाई पनि एकै किसिमको सन्तुलन चाहिन्छ । यस्तोमा सिरानी अति अग्लो र अति होचो हुँदा गर्दनले कुनै ‘सपोर्ट’ वा सहयोग पाउँदैन । जसमा लगातार गर्दनमा दबाब पर्छ । र, गर्दन तथा घाँटीको मांसपेशी कडा भई समस्या आउँछ । जसले गर्दन तथा घाँटी दुख्ने समस्या बढाउँछ ।

अनिद्रा : यदि कुनै स्वास्थ्य समस्या छैन । र, दिमागमा कुनै कुरा खेलिरहेको छैन ।

तर पनि निद्रा लागेको छैन वा निदाएको केही समयपछि अचानक ब्युँझिने क्रम चलिरहन्छ भने सो समस्या गलत सिरानीको प्रयोगले पनि हुनसक्छ । सिरानी आफू अनुकूल नहुँदा यस्तो समस्या देखिन्छ ।

श्वासप्रश्वासमा समस्या : होचो सिरानीको प्रयोगले श्वासनलीमा पनि अवरोध आउने हुँदा सास पास हुन सक्दैन । जसले घुर्ने, घाँटी बज्ने, श्वास फेर्न गाह्रो हुनसक्छ ।

रक्त प्रवाहमा समस्या : खराब सिरानीले विशेषगरी गर्दन र वरिपरि अंगको रक्त सञ्चारमा समस्या आउँछ । जसले गर्दा हात पूरा लाटो हुने र निदाउने समस्या देखिन्छ ।

टाउको दुख्ने : यसले गर्दनदेखि टाउकोसम्म मांसपेशी कडा गराउन सक्छ । यसरी मांसपेशी कडा हुँदा रक्तसञ्चारमा समस्या आउँछ ।

जसले एक किसिमको तनाव पैदा गराई टाउको दुखाइसँगै माइग्रेनको जोखिम समेत बढाइदिन्छ ।

अनुहारको बनावटमा समस्या : कडा वा अग्लो सिरानीले अनुहारमा समेत दबाब पर्न गई अनुहार चाहुरिने वा छालाको समस्या ल्याउन सक्छ । जसमा छिटो अनुहार चाहुरी पर्ने र रेसाहरु देखिनसक्छ ।

कस्तो सिरानी प्रयोग गर्नुपर्छ ?

व्यक्तिको उचाइ र तौलअनुसार सिरानी प्रयोग गर्नु राम्रो हुन्छ । कम उचाइको व्यक्तिले कम उचाइको सिरानी प्रयोग गर्दा राम्रो हुन्छ ।  ५ फिटसम्म उचाइको व्यक्तिले ३ इन्चभन्दा कम उचाइको सिरानी प्रयोग गर्नुपर्छ ।

५-६ फिट उचाइको व्यक्तिले ३.५ देखि ४.५ इन्चसम्मको सिरानी प्रयोग गर्दा राम्रो हुन्छ । मानिसको सुत्ने तरिका र तौलअनुसार पनि सिरानी फरक हुनुपर्छ । विना सिरानी वा धेरै अग्लो सिरानी सुत्नु दुवै खराब हो, सानो ठिक्क नरम सिरानी प्रयोग गर्नु राम्रो हुन्छ ।

सिरानी सकेसम्म कपासको प्रयोग गर्दा राम्रो हुन्छ । र, जहिले पनि सिरानीको खोल मलमलको कपडा वा सुतीको प्रयोग गर्नु उत्तम हुन्छ ।

सिरानीको खोल कति दिनमा परिवर्तन गर्ने ?

सिरानीको खोल सकेसम्म दैनिक फेर्नु राम्रो हुन्छ । किनकि सुत्दा र्‍याल चुहिने, कपालमा तेल लगाउने, अनुहारमा कुनै प्रोडक्ट लगाउँदा सबैभन्दा बढी लाग्ने सिरानीको खोलमा हो । यस्तोमा सिरानी छिट्टै फोहोर हुन्छ । जहाँ फोहोर त्यहाँ हानिकारक ब्याक्टेरियाको संक्रमण हुने जोखिम हुन्छ ।

त्यसैले सकिन्छ भने दैनिक फेर्न सकिंदैन भने हप्तामा दुई पटक अनिवार्य सिरानीको खोल फेर्नुपर्छ ।

कसरी सुत्ने ?

सही सिरानी र सहज ओछ्यानले मात्र हुँदैन । सुत्ने तरिका पनि जान्नुपर्छ । जहिले पनि सुत्दा देब्रे कोल्टे परेर सुत्नुपर्छ । यसरी सुत्दा मुटुलाई कम चाप पर्छ । पाचनप्रणालीलाई भार कम हुन्छ र पाचनक्रियाको गति बढ्छ, जसले पाचनमा राहत दिन्छ । दायाँ कोल्टे पर्दा यसको विपरीत काम हुन्छ ।

दायाँ सुत्दा कलेजो, प्यान्क्रियाज र आन्द्राको स्थितिमा बाधा पुग्छ । यसले कलेजोलाई तलतिर झुकाउन दबाब दिन्छ । जसकारण कलेजोले राम्ररी काम गर्न सक्दैन । दाहिनेतर्फ सुत्दा ढाड दुख्ने र घाँटीसम्बन्धी समस्या आउन सक्छ । घुर्ने समस्या पनि बढ्छ ।

त्यस्तै, घोप्टो परेर सुत्नु हुँदैन । यसले शरीरको भार मुटुतर्फ ल्याउँछ । कम्मरमा पनि समस्या आउन सक्छ । सुत्दा ख्याल गर्नुपर्ने अर्को कुरा भनेको एउटै पोजिसनमा लामो समयसम्म सुत्नु हुँदैन । राति ब्युँझिएमा एकछिन आसन फेरेर सुत्दा राम्रो हुन्छ ।

सिरानी स्वास्थ्य
अकु. सुदर्शन बस्‍नेत
लेखक
अकु. सुदर्शन बस्‍नेत
अकुपञ्चरिस्ट

एनएचपीसी-बी ३ दुई दशकदेखि अकुपञ्चर, अकुप्रेसर, मोक्सीबस्टनको क्षेत्रमा कार्यरत, नयाँबानेश्वरस्थित सुस्वास्थ्य अस्पतालका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

स्वस्थ जीवनका लागि किन महत्वपूर्ण छ सुत्ने सही तरिका ?

स्वस्थ जीवनका लागि किन महत्वपूर्ण छ सुत्ने सही तरिका ?

‘नेपाल फर्मा एक्स्पो २०२६’ सम्पन्न, १२ हजार बढीले गरे अवलोकन

‘नेपाल फर्मा एक्स्पो २०२६’ सम्पन्न, १२ हजार बढीले गरे अवलोकन

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

यी चार कारणले हुन्छ शीघ्र स्खलनको समस्या, कसरी पाउने छुटकारा ?

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना