+

यू १८ युथ लिग : विज्ञान खड्काको दुई गोलमा एनआरटीको जित

२०८१ असार  ३० गते १६:१५ २०८१ असार ३० गते १६:१५
यू १८ युथ लिग : विज्ञान खड्काको दुई गोलमा एनआरटीको जित

३० असार, काठमाडौं । कप्तान विज्ञान खड्काको दुई गोलमा न्यूरोड टिम (एनआरटी)ले ललित स्मृति यू १८ युथ लिगमा विजयी सुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको उद्घाटन खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

विज्ञानले ५५औं र ८०औं मिनेटमा गोल गरे ।

त्यसअघि अमनबहादुर तामाङले ३६औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर चर्च ब्वाइजले अग्रता कायम राख्न सकेन ।

दोस्रो हाफमा एनआरटीले दुई गोल फर्काउँदै जित निकालेको हो ।

दुई गोल गरेका विज्ञान खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

यू–१८ युथ लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय