+

गर्भपतनको कति समयपछि फेरि गर्भधारण गर्न सकिन्छ ?

२०८१ साउन  ४ गते १७:४४ २०८१ साउन ४ गते १७:४४
गर्भपतनको कति समयपछि फेरि गर्भधारण गर्न सकिन्छ ?

गर्भपतन कुनै पनि दम्पतीका लागि पीडादायी अनुभव हो । विशेषगरी महिलाका लागि यो शारीरिक र भावनात्मक रूपमा पीडादायी हुन्छ । गर्भपातपछि फेरि गर्भवती हुनु चिन्ताको विषय हुनसक्छ, किनकि एकपटक महिलाले आफ्नो सन्तान गुमाएपछि फेरि गर्भधारण गर्न डर हुन्छ ।

धेरै दम्पतीको दिमागमा आउँछ- गर्भपतनपछि कति समयपछि गर्भधारण गर्नुपर्छ ?

यदि कुनै महिलाले गर्भपतनपछि पुन: गर्भधारण गर्ने योजना बनाइरहेकी छिन् भने केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्भपतनपछि कति समय आराम गर्ने ?

चिकित्सकले शल्यक्रिया गरेर गर्भपतन गर्दा लामो समयसम्म रक्तस्राव हुँदैन । दुई-तीन दिन आराम गरेर स-साना काम गर्न सकिन्छ । तर जसको विभिन्न औषधि सेवनका कारण वा अन्य कारणले प्राकृतिक रुपमा गर्भपतन हुन्छ उनीहरूमा लामो समयसम्म रक्तस्राव हुन्छ । भारी रक्तस्राव सामान्यतया चारदेखि ६ दिनसम्म देखिन्छ । यस्तो अवस्थामा महिलालाई कम्तीमा चारदेखि ६ हप्ता आराम गर्न सल्लाह दिइन्छ ।

दुई हप्तापछि महिलाले घरमा केही हल्का काम र हल्का शारीरिक क्रियाकलाप पनि गर्न सक्छन् । गर्भपतनपछि निको हुन कति समय लाग्छ भन्ने कुरा महिलाको शारीरिक अवस्था र गर्भपतन कसरी भएको हो भन्ने कुरामा निर्भर हुन्छ ।

गर्भपतनको कति समयपछि यौन सम्पर्क सुरक्षित हुन्छ ?

गर्भपतनपछि फेरि गर्भपतन गर्ने योजना बनाउनुअघि केही महिना कुर्नुपर्ने हुन्छ । सामान्यतया संक्रमणको जोखिमका कारण गर्भपतनपछि दुई हप्तासम्म शारीरिक सम्बन्ध नगर्न सल्लाह दिइन्छ । गर्भधारण गर्नुअघि कम्तीमा एक अवधि (४ देखि ६ हप्ता) कुर्नुपर्छ, ताकि शरीर पूर्ण रूपमा निको हुन सक्छ र फेरि गर्भधारण गर्न तयार हुनसक्छ । धेरै अवस्थामा चिकित्सकहरुले एकदेखि तीन महिनासम्म शारीरिक सम्बन्ध नगर्न सल्लाह दिन सक्छन् ।

गर्भपतन भएको कति समयपछि पुन: गर्भधारण गर्न सकिन्छ ?

सामान्यतया, गर्भपतन गरेको दुई महिनापछि महिलाले ओभ्युलेसन सुरु गर्न सक्छिन् । यो गर्भावस्था योजनाका लागि राम्रो समय मानिन्छ । अनुसन्धानअनुसार ७० प्रतिशत महिलाले गर्भपतनपछि अर्को तीन महिनाभित्र पुनः गर्भधारण गर्न सक्छन् ।

भावनात्मक रूपमा तयार हुनु जरुरी

गर्भपतनपछि फेरि गर्भधारण गर्ने प्रयास गर्नुअघि महिलाका लागि शारीरिक र भावनात्मक रूपमा पूर्ण रूपमा निको हुनु महत्त्वपूर्ण हुन्छ । गर्भपतनपछि महिलालाई मानसिक अवस्था सामान्य बनाउन समय लाग्न सक्छ । यस्तो अवस्थामा फेरि गर्भधारण गर्नुअघि शारीरिक र मानसिक रूपमा तयार हुनु महत्त्वपूर्ण हुन्छ ।

गर्भधारण गर्नुअघि डाक्टरको सल्लाह लिनुपर्छ

गर्भपतनपछि फेरि गर्भधारण गर्नुअघि चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ । चिकित्सकले राम्ररी स्वास्थ्य जाँच गरेपछि गर्भधारणका लागि सही समय सुझाउँछन् ।

एजेन्सीको सहयोगमा

गर्भधारण गर्भपतन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

डेढो आँखा हुनु कुनै रोगको संकेत पनि हुन सक्छ, कसरी हुन्छ उपचार ?

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

१००० भन्दा बढी मिर्गौला प्रत्यारोपणको साक्षी बन्दा…

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै