+
+
Shares

नेपाली सेयर बजारमा बुल र बियर इतिहास

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १२ गते १०:२०

१२ भदौ, काठमाडौं । कम्पनीको मूल्यमा प्रायः लगातारको वृद्धि, एक्सचेन्जका परिसूचकमा देखिएको लामो अवधिको वृद्धि, लगानीकर्ताहरूको सम्पत्तिमा भएको वृद्धि, लगानीकर्ताको उत्साह, अर्थतन्त्रप्रतिको विश्वास बुल मार्केटको विशेषता हो । बुल मार्केटको समयमा प्रायः सबै कम्पनीका सेयरको मूल्य बढ्छ ।

समग्र आर्थिक अवस्था र कम्पनीको नाफामा लगानीकर्ताको दृष्टिकोण सकारात्मक हुन्छ । यस किसिमको अनुकूल भावनाले भविष्यमा लाभको अपेक्षा गर्दै लगानीकर्तालाई सेयर किन्न र होल्ड गर्न प्रेरित गर्छ । बुल मार्केट प्रायः न्युन ब्याजदर, आर्थिक विस्तार, न्यून बेरोजगारी र कम्पनीहरूले राम्रो आम्दानी गरेको समयमा देखा पर्छ ।

सेयर मूल्यको तीव्र वृद्धिले लगानीकर्तामा आत्मविश्वास बढाउँदै लैजान्छ । आत्मविश्वास बढ्दै जाँदा लगानीकर्तामा लालच पनि बढ्दै जान्छ, कम्पनीका सेयरको मूल्य अधिक हुन थाल्छ । बजारको पछिल्लो न्यूनतम विन्दुबाट २० प्रतिशतले बढेमा वा दुई महिनासम्म लगातार बढेमा बुल मार्केट भनिन्छ ।

नेपालमा बुल मार्केटको इतिहास

१. पहिलो बुल– २०५५ वैशाख देखि २०५७ कात्तिक (३० महिना)
२. दोस्रो बुल– २०६१ चैत देखि २०६५ साउन (५२ महिना)
३. तेस्रो बुल– २०६८ चैत देखि २०७३ साउन (५२ महिना)
४. चौथो बुल– २०७६ कात्तिक देखि भदौ २०७८ (२० महिना)

 

सामान्यतया बजारको पछिल्लो उच्च विन्दुबाट २० प्रतिशतभन्दा बढीले घटेमा वा दुई महिनासम्म लगातार सूचीकृत कम्पनीको मूल्यमा गिरावट आएमा नेप्से परिसूचक लगातार घटेमा यस्तो अवस्थालाई बियर मार्केट भनिन्छ । यो व्यापक निराशा, लगानी अन्य क्षेत्रमा मोडिनु, लगानीकर्ताहरूको आत्मविश्वासमा कमी र समग्र आर्थिक अवस्थामा ह्रास भएको समयमा देखा पर्छ ।

बियर मार्केटमा स्टकको मूल्य घट्छ र लगानीकर्ता घाटा सीमित गर्न थाल्छन् । यो गिरावट उच्च ब्याजदर, आर्थिक मन्दी, उच्च बेरोजगारी, कम्पनीको आयमा गिरावट वा लगानीकर्ताको मनोभाव कमजोर बनाउने अन्य कारणहरूबाट प्रभावित हुन्छ । बियर मार्केट लगानीकर्ताका लागि चुनौतीपूर्ण हुनसक्छ । उनीहरूले पूँजी जोगाउन र अशान्त वित्तीय वातावरणबाट पार पाउन रक्षात्मक रणनीति अँगाल्नुपर्छ ।

नेपालमा बियर मार्केट इतिहास

पहिलो बियर – २०५७ मंसिर देखि २०६० चैत  (३९ महिना)
२. दोस्रो बियर – २०६५ भदौ देखि २०६८ फागुन (४१ महिना)
३. तेस्रो बियर – २०७३ साउन देखि २०७६ असोज (३८ महिना)
४. चौथो बियर – २०७८ भदौ देखि २०८० मंसिर  (२७ महिना)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?