+

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग खेल्ने

२०८१ पुष  २६ गते ७:४५ २०८१ पुष २६ गते ७:४५
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा, उपाधिका लागि बार्सिलोनासँग खेल्ने

२६ पुस, काठमाडौं । साविक विजेता रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा मालोर्कालाई हराउँदै रियलले चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनासँगको उपाधि भिडन्त पक्का गरेको हो ।

रियलले मालोर्कालाई ३-० गोलअन्तरले हरायो । रियलका लागि जुड बेलिङहाम र रोड्रिगोले एक-एक गोल गरे भने एक गोल आत्मघाती भयो । सबै गोल दोस्रो हाफमा हुँदा अन्तिम दुई गोल भने इन्जुरी समयका थिए ।

६३औं मिनेटमा बेलिङहामले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्जुरी समयको दोस्रो मिनेटमा भालेन्टबाट आत्मघाती गोल भयो । इन्जुरी समयको पाँचौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको ३-० को जित पक्का गरे ।

सुपर कपको उपाधिका लागि अब क्लासिक भिडन्त हुनेछ । बार्सिलोना र रियल मड्रिडले उपाधिका लागि जनवरी १३ मा खेल्ने छन् ।

सुपर कपको उपाधि बार्सिलोनाले सर्वाधिक १४ पटक जितेको छ भने रियल मड्रिडले १३ पटक जितेको छ । पछिल्लोपटक बार्सिलोनाले सन् २०२३ मा तथा रियलले २०२४ मा जितेका थिए ।

रियल मड्रिड स्पेनिस सुपर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय