+

यू-१९ महिला टी२० विश्वकप : अभ्यास खेलमा नेपाल र वेष्ट इन्डिज खेल्दै

२०८१ पुष  २९ गते ११:४७ २०८१ पुष २९ गते ११:४७
यू-१९ महिला टी२० विश्वकप : अभ्यास खेलमा नेपाल र वेष्ट इन्डिज खेल्दै

२९ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप नेपालले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाल र वेष्ट इन्डिजबीच अभ्यास खेल हुन लागेको हो ।

खेल नेपाली समय अनुसार १२:१५ बजे मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा हुनेछ । नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ ।

विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ। टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा १६ टिमको सहभागिता छ जहाँ चार समूहमा १६ टिमको विभाजन गरिएको छ ।

नेपाल समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै छ । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

आईसीसी यू-१९ महिला टी२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय