
News Summary
Generated by OK AI. Editorially reviewed.- जापानले धुलिखेल अस्पताल ट्रमा र आपतकालीन केन्द्र सुधार परियोजनाका लागि थप ५७ करोड ३० लाख येन अनुदान दिने सहमति भएको छ।
- नेपाल र जापानबीच सहमतिपत्रमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोले हस्ताक्षर गरेका हुन्।
- यसअघि अक्टोबर २०२३ मा जापानले उक्त परियोजनाका लागि ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो।
२ जेठ, काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५ अर्ब ३८ करोड ६२ लाख रुपैयाँ (५७ करोड ३० लाख येन) थप अनुदान दिने भएको छ । यससम्बन्धी सहमतिपत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत माएडा तोरुले सहमतिपत्रमा हस्ताक्षर गरे । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री इकुइना अकिकोको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
यसअघि अक्टोबर २०२३ मा जापान सरकारसँग यो परियोजना कार्यान्वयन गर्न ३ अर्ब २९ करोड ६० लाख येन अनुदान दिने सम्झौता भएको थियो ।
सहमतिपत्रमा हस्ताक्षर लगत्तै अर्थमन्त्री पौडेल र जापानका परराष्ट्र मामिलाका उपमन्त्री अकिकोबीच छुट्टै भेटवार्ता भएको थियो ।
प्रतिक्रिया 4