+

खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन

२०८२ जेठ  १५ गते १६:२४ २०८२ जेठ १५ गते १६:२४
खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन भयो।
  • अर्थमन्त्री विष्णु पौडेलले यसलाई अघिल्लो वर्षको भन्दा २ अर्ब ५८ करोड बढी घोषणा गरे।
  • अघिल्लो वर्षको बजेट ३ अर्ब ५० करोड थियो।

१५ जेठ, काठमाडौं । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ अर्ब ५८ करोडले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । यसअघि  आव २०७५/७६ मा विनियोजित ४ अर्ब १८ करोड सबैभन्दा उच्च बजेट थियो ।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माण तथा खेलाडीको व्यावसायिकता विकासका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्दै निजी क्षेत्रलाई खेल पुर्वाधारमा लगानी गर्न आकर्षित गरिने जनाए ।

त्यस्तै झापाको दमकमा सबै खेल आयोजना गर्न सकिने अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने र सोलुखुम्बु, मुस्ताङलगायतका हिमाली क्षेत्रमा हाइ अल्टिड्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिनेछ ।

कीर्तिपुरमा रहेको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै मुलपानी क्रिकेट रंगशाला, फाप्ला क्रिकेट रंगशाला, सिद्धार्थ क्रिकेट रंगशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानको स्तरोन्नतिका लागि कुल ४२ करोड बजेट विनियोजन गरिएको छ ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पति खरिदका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ । सुर्खेतको विरेन्द्रनगरमा १०औं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि ५४ करोड बजेट विनियोजन गरिएको छ ।

राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था मिलाइएको छ । अन्तर्राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरूलाई प्रोत्साहन गरिनेछ भने ती खेलाडीहरूको सन्ततिका लागि अध्ययन छात्रवृत्ति पनि प्रदान गरिनेछ ।

खेलाडी र प्रशिक्षकलाई प्रदान गरिँदै आएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ । महिला सहभागिता बढाइनेछ भने उत्कृष्ट महिला खेलाडीलाई पुरस्कारको व्यवस्था गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बजेट उत्साहपूर्ण रहेकोताए । ‘राम्रो छ, उत्साह जगाउने खालको छ’ उनले छोटो प्रतिक्रिया दिँदै भने ।

खेलकुद मन्त्रालय बजेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय