+

एचजेबीएल : सामाखुशीलाई हराएपछि फाइनल होडमा कायम टाइम्स

२०८२ जेठ  २० गते १८:५१ २०८२ जेठ २० गते १८:५१
एचजेबीएल : सामाखुशीलाई हराएपछि फाइनल होडमा कायम टाइम्स

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिगमा सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गर्‍यो।
  • उहाँले भने, “मनिषले अन्तिम खेल महत्वपूर्ण भएकोले जितकै लागि खेल्ने बताए।”
  • टाइम्सले अब हाउण्ड्ससँग अन्तिम खेल खेल्नेछ र फाइनलको होडमा कायम छ।

२० जेठ, काठमाडौं । टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गरेको छ ।

यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ ।

एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अंक नै छ । गोल्डेनगेट र हाउण्ड्सले अझै दुई खेल खेल्न बाँकी छ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा टाइम्सले सामुखशीमाथि चारै क्वाटरमा दबाब बनाउँदै अग्रता लिएको थियो ।

टाइम्सले पहिलो क्वाटर २०-१५ र दोस्रो क्वाटर २८-२४ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४८-३९ को अग्रता बनाएको थियो । तेस्रो क्वाटर पनि टाइम्सले २३-२१ ले आफ्नो पक्षमा पार्‍यो ।

चौथो क्वाटर २५-१३ ले सहजै आफ्नो पक्षमा पार्दै टाइम्सले फराकिलो जित हात पारेको हो ।

टाइम्सका लागि सदिश प्रधानले सर्वाधिक ३३ अंक स्कोर गरे । सामाखुशीका प्रज्वल महर्जनले २१ अंक जोडे ।

टाइम्सका मनिष केसी मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । टाइम्सले अब लिगको अन्तिम खेल हाउण्ड्ससँग खेल्न बाँकी छ । टाइम्सका मनिषले अन्तिम खेल महत्वपूर्ण भएकोले जितकै लागि खेल्ने बताए ।

हिमालयन जाभा बास्केटबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय