News Summary
Generated by OK AI. Editorially reviewed.- एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोस्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
- ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई पराजित गर्यो भने गर्ल्समा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई हरायो।
- विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाए ।
३१ जेठ, काठमाडौं । एचएचसीए र भ्याली पब्लिक ‘ए’ ले दोश्रो निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको शनिबार जितेका छन् । एचएचसीए ब्वाइज र भ्याली पब्लिक ‘ए’ गर्ल्समा च्याम्पियन बने ।
मण्डिखाटारस्थित आयोजक नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) कोर्टमा भएको ब्वाइज फाइनलमा एचएचसीएले लालीगुराँस नेसनल एकेडेमीलाई २१–१४ ले पराजित गर्यो ।
एचएचसीएका सुशान्त बमजनले १०, डेविड राईले ६ र दिशान्त राईले ५ स्कोर गरे । विजेता टोलीको प्रशिक्षकमा सागर श्रेष्ठ थिए ।
गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिक ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १८–१५ ले हरायो । विजयी टिमका लागि एलिना गौचनले ७, लोरिशा गौचनले ५, अनिता गुरुङले ४ र दृष्ना नेपालले २ अंक जोडे । पूर्ण न्यौपानेले भ्याली पब्लिक ‘ए’ को प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।
दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजारका दरले नगद पुरस्कार पाए । ब्वाइजमा एचएचसीएका सुशान्त बमजन तथा गर्ल्समा भ्याली पब्लिक ‘ए’ की एलिना गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
दुईदिने प्रतियोगिताको ब्वाइजमा २४ तथा गर्ल्समा १२ टिम सहभागी थिए ।
प्रतिक्रिया 4