+
+
Shares

जन्मदिनमा बोलाएर कुटपिट गरी युवकको हत्या, ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १७:४०

८ असार, काठमाडौं । जन्मदिन मनाउन भन्दै बोलाएर कुटपिट गरी एक युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मकवानपुर घर भइ बुढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने विकास लामा लो, बाराको निजगढ नगरपालिका–७ घर भएका २९ वर्षीय सुगन्द लामा, निजगढ नगरपालिका–५ घर भएका १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरको बकैया गाउँपालिका–२ घर भएका २३ वर्षीय निसान जिम्भा छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार विकास लामा लोका बहिनीको जन्मदिन बनाउन भन्दै बाराको निजगढ नगरपालिका–८ घर भएका ३२ वर्षीय कृष्ण लामालाई बुढानीलकण्ठ टुसालमा बोलाइएको थियो ।

६ असारको राति जन्मदिन बनाउन भन्दै बोलाएर कृष्णलाई उनीहरुले कुटपिट गरी हत्या गरेको पाइएको परिसरका प्रवक्ता बोहराले बताए ।

पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

जन्मदिन मनाउने क्रममा सबै जनाले मादक पदार्थ सेवन गरेको र त्यसपछि उनीहरूबीच विवाद सुरु भएको देखिएको प्रहरीले बताएको छ । विवादले उग्र रुपलिएपछि कुटपिट गर्दा कृष्णको ज्यान गएको प्रहरीको भनाइ छ ।
जसकारण मार्ने पूर्वयोजना भन्दा पनि एकछिनको विवादका कारण उनको ज्यान गएको देखिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?