+
+
Shares

केही प्रदेशका कांग्रेस नेताले ल्याएको बजेट लज्जाजनक : कांग्रेस सांसद राणा

‘एमाले र कम्युनिष्टहरूलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकायौँ, तर हामी आफैँले नसिकेकोमा दुःखलाग्दो भएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १८:३६
Photo Credit : News Agency Nepal

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले बागमती र मधेस प्रदेशको बजेट लज्जाजनक रहेको टिप्पणी गरे।
  • उनीहरूले संघ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट व्यवहारिक भएको बताए।
  • राणाले एमाले र कम्युनिष्टहरूलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको कांग्रेस आफैंले नसिकेको बताए।

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले बागमती र मधेस प्रदेशमा कांग्रेस अर्थमन्त्रीले ल्याएको बजेट लज्जाजनक रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट अर्थमन्त्रीले व्यवहारिक बजेट ल्याएपनि बागमती र मधेस प्रदेशको बजेट अर्थतन्त्र बुझ्ने कांग्रेसी नेताहरूका लागि लज्जाजनक रहेको बताए ।

‘दुःखलाग्दो कुरा के छ भने एमालेको अर्थमन्त्रीले अलिकति व्यवहारिक बजेट ल्यायो,’  उनले भने, ‘तर हाम्रो विशेष गरेर दुई वटा प्रदेश बागमती प्रदेश र मधेस प्रदेशमा जुन किसिमले बजेट ल्याएको छ, अलिअलि अर्थतन्त्र बुझ्ने हामी कांग्रेसीहरूले त मुखै छोप्ने परिस्थिति बनेको छ ।’

राणाले संघ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ०६४ सालयताका कम्युनिष्ट अर्थमन्त्रीहरूले ल्याएको भन्दा व्यवहारिक भएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले सायद ०६४ सालपछि बजेट एउटा कम्युनिष्ट अर्थमन्त्रीले ल्याएका छन्,  यो अलिकति व्यवहारिक बजेट हो कि भन्ने मलाई लागेको छ । यसले निजी क्षेत्रलाई पनि अलिकति प्रोत्साहन गरेको छ ।’

उनले  एमाले र कम्युनिष्टहरुलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकाएको कांग्रेस आफैंले नसिककोमा दुःख लागेको बताए ।

‘अलिकति  हामीले आफूले आफूलाई हेर्नुपर्छ । कम्युनिष्टहरूलाई अर्थतन्त्र कसरी चलाउने भनेर सिकायौँ, तर हामी आफैँले नसिकेकोमा दुःखलाग्दो भएको छ,’ उनले भने ।

सांसद राणाले तीन करोडको सिलिङ राखेपनि बजेट आउँदा त्यसभन्दा तलका योजनाहरू पनि राखिएकोप्रति आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?