+
+
Shares
रौतहट नरसंहारका साक्षी भन्छन्- :

‘आलमले मलाई मार्छ जस्तो लागेको छ’

‘घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ,’ चमारले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन काठमाडौंमा नेपाली कांग्रेस उम्मेदवार अफताब आलमको काकाको घरमा बम विस्फोट भयो।
  • उक्त घटनामा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दियो र प्रमाण लोप भएको अवस्थामा अनुसन्धान भयो।
  • गौरीशंकर राम चमारले घटनाको विवरण सुनाउँदै भने, 'म मार्छ, त्यस्तो मलाई लागेको छ', र सरकारसँग कडा कारबाहीको माग गरे।

२२ असार, काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस उम्मेदवार अफताब आलमका काकाको घरमा बम विस्फोट भयो ।

उक्त घटना बाहिरिने डरले आलम लगायतले घाइतेहरूलाई ज्युँदै नजिकैको इँटाभट्टामा पोलेको प्रहरीको आरोप थियो । त्यस क्रममा मृतकहरूलाई पनि इँटाभट्टामा हालिएको थियो ।

उक्त घटनामा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दियो । घटनाको १५ वर्षपछि अनुसन्धान थाल्दा धेरै प्रमाण लोप भइसकेका थिए । जाहेरी दिने पीडित आमाको गोली हानी हत्या भएको थियो ।

जसोतसो निकै कठिनाइका साथ प्रहरीले प्रमाण जुटाएर अभियोजन गरेको घटनामा जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतको वीरगञ्ज इजलासले आरोपितहरूलाई सफाइ दिएको हो ।

सो क्रममा उक्त घटनाका साक्षी सोही इँटाभट्टामा काम गर्ने भारतको बिहार सीतामढी घर भएका गौरीशंकर राम चमार आइतबार काठमाडौं आइपुगेका छन् ।

उनले काठमाडौंस्थित रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाको विवरण सुनाएका छन् ।

उनी अझै पनि आलमले आफूलाई मार्छ कि जस्तो लागेको सुनाउँछन् ।

‘आलम छुटेकोमा मलाई दु:ख लाग्यो । त्यस्तो मान्छे छुट्यो, मलाई धम्की पनि दिएको छ । मलाई मार्छ, त्यस्तो मलाई लागेको छ । अब मलाई डर भयो,’ चमारले भनेका छन् ।

उक्त दिन आफू इँटाभट्टामा काम गर्दै गरेको सुनाउँदै हप्ताको पैसा लिन उक्त घरमा गएको बताएका छन् ।

उनीसँगै तीनजना आलमको काकाको घर छेउमा पुग्नासाथ बम विस्फोट भएको उनले बताएका छन् ।

‘घरको ढोकाको छेउमा पुगेको बम पड्कियो । आगो लागेपछि म भागेँ । घरको पछाडि पानी थियो, त्यहाँ पानी हालेँ । फेरि म भागेँ,’ चमारले भनेका छन् ।

उनलाई एकपटक पनि के भएको भनेर आलमले अहिलेसम्म सोधेका छैनन् ।

‘आज म सरकारसँग निवेदन गर्छु, त्यस्तो मान्छेलाई छोड्नुभएन । त्यसलाई कडाभन्दा कडा सजाय दिनुपर्‍यो,’ उनले भनेका छन् ।

उनले आफूलाई बम लागेको पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?