+
+
Shares

२६ वर्षपछि पूरा भयो हुम्लीको सडक सपना, राष्ट्रिय सडक सञ्जालमा जोडियो

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २२ गते १८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गरेका छन्।
  • योसँगै हुम्लाको सदरमुकाम सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।
  • यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्नेछ।

 २२ असार, काठमाडौं । कर्णाली प्रदेशको हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज निर्माण भएसँगै हुम्ला औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।

सडक पहुँचका लागि हुम्लाको लाइफलाइन मानिएको उक्त बेलिब्रिजको आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला थियो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन ।

बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

योसँगै सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल पुगेको छ ।

प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला पुगेका छन् ।

२६ वर्षपछि पूरा भयो हुम्लीको सडक सपना

पुल उद्घाटनसँगै २६ वर्षको प्रतीक्षापछि हुम्ली जनताको सडक सपना पूरा भएको छ । चुवाखोला-कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा भएको छ ।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगञ्ज-जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन-नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोर शिलान्यास भएको थियो ।

कर्णाली प्रदेशको राजधानीदेखि हिल्सा नाका पुग्न कूल ४१० किलोमिटर यो सडकको निर्माणको जिम्मा सुरुदेखि २०६६ सालसम्म सडक विभाग आफैंले लियो ।

नेपाली सेनाले बनाएको बाहेक हिल्सा-मकोट खण्डको १४५ किलोमिटर ट्र्याक खोल्न र ४ वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७९/८० सम्मको लागत ४ अर्ब १० करोड रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगति प्रतिवेदनको तथ्याङ्ककमा उल्लेख छ ।

सो प्रतिवेदनअनुसार भौतिक प्रगति २२ दशमलब ५ प्रतिशत भएको देखिन्छ । हालसम्म कूल १४५ किलोमिटरमध्ये १३० किलोमिटर र्ट्याक खोलेको देखिन्छ ।

कर्णाली करिडोरका लागि संघबाट ३ अर्ब २३ करोड २३ लाख २३ हजार ७१२ रुपैयाँ १० पैसा बजेट आएको थियो ।

जसमा २ अर्ब २१ करोड २५ लाख ३६ हजार १६० रुपैयाँ ६५ पैसा खर्च भयो । १ अर्ब १९ करोड ७८ लाख ७ हजार ५५१ रुपैयाँ ४५ पैसा फिर्ता गएको हिल्सा–सिमकोट सडक योजना हुम्लाले जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोरको र्ट्याक खोल्ने कामको जिम्मा पाएपछि नेपाली सेनाले ७ वर्षमा १२३ किलोमिटर सडक निर्माण गरेको छ ।

सेनाले कालिकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि हुम्लाको सल्लीसल्ला खण्डको १२३ किलोमिटर सडकखण्ड निर्माण गर्ने जिम्मा ९ चैत २०७१ मा पाएको थियो । सेनाले १ साउन २०७८ मा उक्त खण्ड निर्माण सम्पन्न गर्‍यो ।

त्यसपछि हुम्लाका ताजाकोट, अदनचुली, चंखेली र सर्केगाड गाउँपालिकाका केन्द्र राष्ट्रिय सडक सञ्जालमा जोडिए ।

जिल्लाको दक्षिणका स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, कालिकोट हुँदै हुम्लाको सल्लीसल्लासम्म दैनिक १५ देखि २० बोलेरो जिप र ३० देखि ३५ सम्म मालबाहक ट्रक आउजाउ गर्न थालेका छन् ।

देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्लाको सिमकोट मात्र रहनु हुम्लीका लागि बिडम्बनापूर्ण थियो ।

अब भने हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा भएको छ ।

सो प्रतिवेदनअनुसार भौतिक प्रगति २२ दशमलब ५ प्रतिशत भएको देखिन्छ । हालसम्म कूल १४५ किलोमिटरमध्ये १३० किलोमिटर र्ट्याक खोलेको देखिन्छ ।

कर्णाली करिडोरका लागि संघबाट ३ अर्ब २३ करोड २३ लाख २३ हजार ७१२ रुपैयाँ १० पैसा बजेट आएको थियो ।

जसमा २ अर्ब २१ करोड २५ लाख ३६ हजार १६० रुपैयाँ ६५ पैसा खर्च भयो । १ अर्ब १९ करोड ७८ लाख ७ हजार ५५१ रुपैयाँ ४५ पैसा फिर्ता गएको हिल्सा–सिमकोट सडक योजना हुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?