+

फरक क्षमता भएकाको विश्व चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै घिमिरे

२०८२ साउन  ५ गते १५:४७ २०८२ साउन ५ गते १५:४७
फरक क्षमता भएकाको विश्व चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै घिमिरे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप भारतको गोवामा जुलाई २१ देखि ३१ सम्म विश्व बुद्धिचाल महासंघको तत्वावधानमा सुरु भएको छ।
  • नेपालका ५५ वर्षीय विश्व विजय घिमिरेले नेपालबाट प्रतियोगितामा सहभागिता जनाएका छन् र मेचीनगर नगरपालिकाले आर्थिक सहयोग गरेको छ।
  • नेपालका अन्तर्राष्ट्रिय आविर्टर यज्ञप्रसाद पन्त पहिलो पटक विश्व च्याम्पियनसिपमा निर्णायक बनेका छन् र यो अवसरलाई गौरवको रूपमा लिएका छन्।

५ साउन, काठमाडौं । फरक क्षमताका व्यक्तिहरूका लागि आयोजित २४औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप (आईपीसीए) भारतको गोवामा सुरु भएको छ।

विश्व बुद्धिचाल महासंघ (फिडे)को तत्वावधानमा गोवामा सञ्चालन हुने प्रतियोगिता जुलाई २१ देखि ३१ सम्म चल्नेछ। प्रतियोगिताको भव्य उद्घाटन गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले गरेका छन्।

यो प्रतिष्ठित प्रतियोगितामा नेपालका ५५ वर्षीय विश्व विजय घिमिरेले नेपालको तर्फबाट सहभागिता जनाएका छन्। सोमबार उद्घाटन समारोहमा उपस्थित घिमिरेलाई मेचीनगर नगरपालिकाले आर्थिक सहयोग गरेको हो।

नेपाल बुद्धिचाल महासंघका अनुसार वर्ल्ड च्याम्पियनसिपमा नेपालको यो तेस्रो सहभागिता हो। यसअघि सन् २०२४ मा रुपेश जैशवालले अजरबैजानमा भएको वर्ल्ड साइकल छनोटमा प्रतिस्पर्धा गरेका थिए भने सोही वर्ष काजाकिस्तानमा भएको वर्ल्ड युथ क्याडेट च्याम्पियनसिपमा त्रियोग उच्च माविका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गरेका थिए।

प्रतियोगितामा नेपालका अन्तर्राष्ट्रिय आविर्टर यज्ञप्रसाद पन्त निर्णायकको भूमिकामा रहनेछन्। यो पहिलो पटक हो जब कुनै नेपाली आविर्टर वर्ल्ड च्याम्पियनसिपमा निर्णायक बनेका छन्। पन्तले यस अवसरलाई ठूलो चुनौती र गौरवको रूपमा लिएका छन्।

नेपालका लागि यो अवसर ऐतिहासिक मानिएको छ। घिमिरेले पनि आफूलाई प्राप्त अवसर गौरवको विषय भएको भन्दै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतसहित नेपाल, कजाकिस्तान, चीन, इजरायल, फ्रान्स, रुस, पोल्यान्ड, स्लोभाकिया, हंगेरी, चेक गणतन्त्र, मंगोलिया, फिलिपिन्स, अजरबैजान, उज्बेकिस्तानलगायतका मुलुकका ९७ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन्।

११ दिनसम्म चल्ने यो प्रतियोगिता ९ चरणमा सम्पन्न हुनेछ। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र खेलाडी राजभाई महर्जन खेलाडीलाई हौसला प्रदान गर्न गोवा पुगेका छन्।

विश्व चेस च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय