News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग टोली लुम्बिनी लायन्सले नयाँ लोगो सार्वजनिक गरेको छ।
- लोगोमा खेल, संस्कृति र राष्ट्रिय गौरव जोडिएको छ।
- लोगोमा मायादेवी मन्दिर, ऐतिहासिक अशोक स्तम्भ, नेपालको झन्डाको रङ र चन्द्र–सूर्यका प्रतीक राखिएका छन्।
५ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ। टिमले लोगोमार्फत खेल, संस्कृति र राष्ट्रिय गौरवलाई जोड्ने प्रयास गरेको जनाएको छ।
लोगोमा मायादेवी मन्दिर, ऐतिहासिक अशोक स्तम्भ, नेपालको झन्डाको रङ तथा चन्द्र–सूर्यका प्रतीक राखिएका छन्। सुनौलो अक्षरले लुम्बिनीको शान्ति र गौरवलाई प्रतिनिधित्व गर्छ।
अध्यक्ष ईश्वर बाहादुर जिसीका अनुसार यो लोगोले टिमको शक्ति र लुम्बिनीको पहिचान झल्काउँछ। २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नयाँ लोगोका साथ नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ।
लुम्बिनीले एनपीएलको दोस्रो संस्करणका लागि अघिल्लो सिजनका मार्की तथा कप्तान रोहित पौडेलसहित ६ खेलाडी रिटेन गरेको छ ।
एनपीएलको मिनी अक्सन आगामी अगस्टमा हुने तय छ ।
प्रतिक्रिया 4